Aamsanchar

ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि

Author Image
शुक्रवार, माघ २६, २०८०

काठमाण्डौ – ललितपुर र कीर्तिपुरमा पनि ‘अफ्रिकन स्वाइन फिभर’पुष्टि भएको छ ।

ललितपुर महानगरले हिजो सूचना निकालेर लमजुङ, कास्की, तनहुँ, ललितपुरको गोदावरी नगरपालिका र काठमाण्डौको कीर्तिपुर नगरपालिकामा समेत सुँगुरमा लाग्ने महामारीजन्य रोग अफ्रिकन स्वाइन फिभर देखापरेको पुष्टि भएको जनाएको हो । महानगरको पशु शाखाले रोगको शङ्का लागेका पशुलाई छुट्टाएर अलग्ग राख्न, मरेका पशुलाई राम्रोसँग खाडलमा गाड्न तथा जलाउन भनेको छ ।

ललितपुर महानगरपालिका क्षेत्रभित्रका विभिन्न ठाउँमा पालिएका बङ्गुर र सुँगुर पालक व्यवसायीले रोग फैलिन नदिन उच्च सतर्कता अपनाउन पशु सेवा शाखाले आग्रह गरेको छ ।

घरपालुवा सुँगुर र बङ्गुरलाई जङ्गली बँदेलको सम्पर्कमा आउन नदिने भन्दै महानगरले रोग देखापरेको क्षेत्रबाट सुँगुर प्रजाती पाठापाठी सङ्क्रमित मासु र दाना ओसारपसार नगर्न समेत भनेको छ ।

यसैबीच कीर्तिपुर नगरमा समेत यो रोगको प्रकोप देखिएकोले सुँगुर तथा बङ्गुर पालक किसानहरूलाई यो रोगबाट फार्ममा सङ्क्रमण हुन नदिन जैविक सुरक्षा विधि अपनाउन चन्द्रागिरि नगरपालिकाको पशु सेवा शाखाले अनुरोध गरेको छ ।

शाखाले फार्ममा रहेका सुङ्गुर तथा बङ्गुरमा शङ्कास्पद लक्षण देखा परेमा नगर पशु सेवा शाखामा यथाशीघ्र सम्पर्क गर्न भनेको छ । फार्ममा रहेका सुँगुर बङ्गुरको सङ्ख्या टिपाउन समेत नगरका पशु सेवा अधिकृत बद्री पौडेलले सबैलाई आग्रह गर्नुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर