Aamsanchar

सामूहिक बला*त्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ

Author Image
शुक्रवार, माघ २६, २०८०

कपिलवस्तु- सामूहिक बलात्कार गरी भिडियो सार्वजनिक गर्ने एक युवक आठ वर्षपछि पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले मायादेवी गाउँपालिका –१ पकडीका ४३ वर्षीय धर्मेन्द्र केवटलाई पकाउ गरेको जनाएको छ ।

प्रहरी नायब उपरीक्षक हरिबहादुर वलीका अनुसार २०७२ माघ २६ गते भएको घटनामा धरौटीमा रिहा भएका केवट अदालतको फैसलापछि फरार भएका थिए ।

कपिलवस्तु जिल्ला अदालतले २०७५ सालमा घटनामा संलग्न पाँच जनालाई दोसी ठहर गर्दै ११ वर्ष कैद तथा १–१ लाख जरिवानाको फैसला सुनाएको थियो । मायादेवी गाउँपालिका पकडीका राहत हुसैन, अब्दुल रसिद मुसलमान, मोनु चौधरी, धर्मेन्द्र केवट र कलामुद्धिन मुसलमानलाई अदालतले दोसी ठहर गरेको थियो ।

तत्कालीन जिल्ला न्यायाधीश लोकजंग शाहको एकल इजलासले पुर्पक्षका लागि थुनामा रहेका २ जना र धरौटीमा रिहा भएका ३ जनालाई कैद सजाय सुनाएको थियो । भारत घर भइ मामाघर बस्दैआएकी किशोरीलाई प्रेमी रसिदले बोलाइ सामूहिक बलात्कार गरेका थिए । बलात्कारपछि कुटपिट गर्दै नग्न भिडियो बनाई सार्वजनिक गरिएको थियो ।

पकडी बजार र आसपासको क्षेत्रमा भिडियो भाइरल भएपछि प्रहरीले घटनाको जानकारी पाएको थियो । भाइरल भिडियोको आधारमा प्रहरीले घटनाको चार दिनपछि अनुसन्धान सुरु गरेको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 96

प्रतिक्रिया (०)

सम्बन्धित खबर