Aamsanchar

पशुपति माविमा खेलकुद सामग्री वितरण 

Author Image
शुक्रवार, माघ २६, २०८०

मेचीनगर । श्री पशुपति माध्यमिक विद्यालय मेचीनगर ४ पूर्व विद्यार्थी समाजले  विद्यालयका विद्यार्थीहरूलाई खेलकुद सामग्री वितरण गरेको छ ।
विद्यालयका पूर्व प्रधानाध्यापक स्व। टेक बहादुर बरालको १२ औं स्मृति दिवसमा पूर्व विद्यार्थी समाजद्वारा स्मृति सभा र खेलकुद सामग्री वितरण गरेको हो।

वि।स। २०६८ साल माघ २५ गते तत्कालीन प्रधानाध्यापक टेकबहादुर बरालको सवारी दुर्घटनामा परी ज्यान गएको थियो। स्वर्गीय बरालको स्मृतिमा प्रत्येक वर्ष पूर्व विद्यार्थी समाजले विभिन्न कार्यक्रम गर्दै आएको छ ।

स्मृति दिवस कै अवसरमा स्व टेक बहादुर बरालको परिवारद्वारा स्थापित स्व। लालबहादुररकर्णमायारटेकबहादुर बराल स्मृति अक्षयकोषबाट एसईई मा उत्कृष्ट अङ्क ल्याउने छात्रा रेखा सार्की र छात्र  मनिस धिमाललाई नग ५९५ हजार सहित सम्मान गरिएको थियो ।

पूर्व विद्यार्थी समाजका अध्यक्ष रविचन्द्र नेपालको अध्यक्षता रहेको कार्यक्रममा प्रमुख अतिथि मेचीनगर नगरपालिका वार्ड नं ४ का वडाध्यक्ष अर्जुनकुमार कार्की, विद्यालयका प्रधानाध्यापक लक्ष्मण प्रधान, परिवारका तर्फबाट चन्द्र बराल, पूर्व विद्यार्थी समाजका संस्थापक अध्यक्ष स्वस्तिका आचार्य लगायतले पूर्व प्रधानाध्यापक स्व। बराल प्रति श्रद्धाञ्जली अर्पण गर्दै विद्यालयको शैक्षिक गुणस्तर र विद्यालयको स्तरोन्नतिमा  पूर्व विद्यार्थीहरूको भूमिका पनि महत्वपूर्ण रहेको बताएका थिए ।

विद्यालयका संस्थापक परिवार, संस्थापक विद्यार्थीहरू कर्णखर  चम्लागाईँ, भद्रकुमारी सुवेदी, विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिपेन थापा, शिक्षक अभिभावक संघका अध्यक्ष युवराज गिरी, पूर्व शिक्षकहरू गणेश थापा, कृष्णचन्द्र नेपाल, धर्मानन्द निरौला र पूर्व विद्यार्थी समाजका पदाधिकारी  सदस्यहरूको सहभागिता रहेको कार्यक्रमको सञ्चालन सचिव समीर राईले गरेका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 91

प्रतिक्रिया (०)