Aamsanchar

म्यानमारमा युवा युवतीले अनिवार्य सैन्य सेवा गर्नुपर्ने नियम

Author Image
आइतवार, माघ २८, २०८०

काठमाडौं – म्यानमारको सैन्य सरकारले देशका युवा युवतीलाई अनिवार्य सैन्य सेवा गर्नुपर्ने नियम बनाएको छ।

सन् २०२१ मा जननिर्वाचित सरकारमाथि कु गरेर सत्ता हत्याएको सैन्य सरकारले देशभर द्वन्द्व र अशान्तिका बीच युवाहरुलाई अनिवार्य सैन्य सेवामा जोडिनुपर्ने नियम बनाएको हो।

सैन्य सरकारले एक नियम जारी गर्दै १८ वर्षदेखि ३५ वर्ष उमेरका पुरुष र १८ देखि २७ वर्षका महिलाले कम्तीमा २ वर्ष सैनिक बनेर काम गर्नुपर्ने घोषणा गरेको हो।

२ वर्षयता देशका विभिन्न ठाउँमा जातीय मिलिसिया र सरकारी सैनिकबीच झडपका घटना भइरहेका छन्। साथै जननिर्वाचित सरकारमाथि कु भएपछि विभिन्न राजनीतिक दलले आफ्ना सैन्य संरचना बनाएर तालिम प्रदान गर्दै आएका छन्।

गत महिनामात्रै अर्कान आर्मी एए समूहले चिन प्रान्तको पालेट्वा कब्जा गरेको घोषणा गरेको थियो।

म्यानमारमा सन् २०१० मै युवाहरुलाई कम्तीमा २ वर्ष सैनिक बन्नुपर्ने कानून बनाइए पनि अहिलेसम्म कार्यान्वयन भएको थिएन। तर, अहिले देशभर विभिन्न जातीय तथा राजनीतिक मिलिसिया बन्दै गएपछि सरकारले युवाहरुलाई अनिवार्य सैनिक बन्नुपर्ने नियम कार्यान्वयनमा ल्याउन लागेको बताइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 42

प्रतिक्रिया (०)

सम्बन्धित खबर