Aamsanchar

बालसेवा आधारभूतका शिक्षकहरुले स्कुल बस खरिदका लागि दिए एक महिनाको तलब

Author Image
आइतवार, माघ २८, २०८०

शिवसताक्षी । झापाको शिवसताक्षी ७ स्थित बालसेवा आधारभूत विद्यालयले स्कुल बस खरिदका लागि अभियान सुरु गरेको छ । विद्यार्थीलाई विद्यालय सम्म आउन र जानका लागि विद्यालयको भू.पू. विद्यार्थी मञ्चले विद्यालयसँगको सहकार्यमा स्कुल बस खरिद गर्नका लागि अभियान सुरु गरेको हो ।

हिजो स्कुल बस खरिदका लागि बालसेवा आधारभूत विद्यालयका शिक्षकहरुले एक महिनाको तलब विद्यालयलाई प्रदान गरेका छन् ।

प्रत्येक राम्रो काम आफैंबाट सुरु गर्नु पर्छ भन्ने कुराको गतिलो उदाहरण पेस गर्दै शिक्षकले नै एक महिनाको तलब विद्यालयलाई दिए पछि सबै अभिभावक र समाजका लब्ध प्रतिष्ठित व्याक्तिहरु समेतको स्कुल बस खरिदका लागि सकारात्मक धारणा आउन थालेको विद्यालयका प्रधानाध्यापक बेनुप्रसाद कार्कीले जानकारी दिए । उनले भने, स्कुल बस खरिदका लागि शिक्षकहरुले उदारणीय काम गर्नु भएको छ ।

विद्यालयको सुधार, शैक्षिक गुणस्तरलाई उच्च राख्न र विद्यालयका आधारभूत आवश्यकताहरुलाई पुरा गर्न शिक्षकहरुले देखाउनु भएको कार्यको म सम्मान गर्छु । उनका अनुसार शिक्षकहरुबाट  ४ लाख ४० हजार ८ सय १६ रुपैय रकम संकलन भएको छ ।

समय सापेक्ष विद्यालयमा स्कुल बसको आवश्यक रहेकाले र विद्यार्थीहरुलाई विद्यालयसम्म आउन जान सहज होस भन्ने उद्देश्यले भू.पू. विद्यार्थी मन्चले गाडी खरिद गर्न सहयोग संकलन अभियान शुरु गरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गोविन ल्वागुनले जानकारी दिए । अभियानका क्रममा अभिभावक, समाजसेवीहरुले सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । केही समाजसेवी तथा अभिवाकहरुले स्वस्फूर्त रुपमा रकम संकलन अभियानमा जोडिनुभएको विद्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 104

प्रतिक्रिया (०)