Aamsanchar

नेपाल शिक्षक संघको २५ औं प्रतिनिधि सभा सम्पन्नः शैक्षिक सुधारका लागि पालिकास्तरमा कार्यक्रम गर्ने निर्णय

Author Image
आइतवार, माघ २८, २०८०

दाङ। नेपाल शिक्षक संघ दाङको २५ औं प्रतिनिधि सभा घोराहीमा सम्पन्न भएको छ । संघको विधान अनुसार माघ महिनाभित्र प्रतिनिधि सभा सम्पन्न गर्नुपर्ने ब्यवस्था अनुसार प्रतिनिधि सभा गरिएको हो ।

प्रतिनिधि सभाले दाङका दश वटै पालिकामा शिक्षकको पेशागत विकासका लागि आइसिटी तालिम सञ्चालन गर्ने, संघका आवद्ध महिला प्रधानाध्यापकको सञ्जाल तयार गरी पेशागत दक्षता वृद्धि गर्न कार्यक्रम सञ्चालन गर्ने, असमावेशिताको सिद्धान्तलाई आत्मसाथ गर्दै महिला शिक्षकका लागि नेतृत्व क्षमता विकास तालिम सञ्चालन गर्ने, विद्यार्थीहरूलाई लक्षित गरेर पालिकाहरूका साहित्यिक कार्यक्रम सञ्चालन गर्ने, विद्यालय व्यवस्थापन समिति तथा शिक्षक अभिभावक संघका अध्यक्ष र वडा अध्यक्षसँग स.युत्तः रुपमा शैक्षिक सुधारका लागि अन्तरक्रिया र छलफल गर्ने लगायतका निर्णय गरेको छ ।

नेपाल शिक्षक संघ दाङमा हाल १ हजार ९ सय ३९ सदस्य रहेको नेपाल शिक्षक संघले जनाएको छ । कार्यक्रममा पालिका स्तरमा उत्कृष्ट कार्य गरे वापत शिक्षक संघ स्थानीय कार्य समिति राप्ती गाउँपालिकालाई सम्मान गरिएको थियो । यसैगरी नेपाल शिक्षक संघका सदस्यहरूलाई परेको कानुनी अप्ठयारोमा कानुनी सहायता गर्नुहुने प्रजातान्त्रिक कानुन व्यावसायी संघ दाङका घोराही र तुल्सीपुर शाखा र सदस्यहरूलाई सम्मान गरिएको थियो ।

नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष प्रकाश डाँगीको सभापतित्व एवं नेपाली कांग्रेस दाङका सभापति शंकरप्रसाद डाँगीको प्रमुख आतिथ्यमा कार्यक्रम भएको थियो । कार्यक्रमका प्रमुख अतिथि जिल्ला सभापति डाँगीले शिक्षा क्षेत्रको विकासका लागि संस्कारयुक्त शिक्षामा जोड दिदै अभिभावक, विद्यार्थी र शिक्षकको त्रिपक्षीय सम्बन्ध सुधार गर्न सके शिक्षाको उन्नति हुने बताउनुभयो । साथै उहाँले लोकतन्त्रको जर्गेना, समाजको उन्नतिका लागि शिक्षकहरूले अगुवाको भूमिका निर्वाह गरेको भन्दै आगामी दिनमा अझ सशक्त ढंगले लाग्न आग्रह गर्नुभयो ।

प्रतिनिधिसभाले संघका जिल्ला सचिव सूर्यबहादुर बस्नेतले प्रस्तुत गर्नु भएको सांगठनिक प्रतिवेदन, सचिव अर्थ निशान्त आचार्यले प्रस्तुत गर्नु आर्थिक प्रतिवेदन र जिल्ला सहसचिव एवं महिला विभागका सचिव लक्ष्मी न्यौपानेले प्रस्तुत गर्नु भएको महिला प्रतिवेदनमाथि छलफल गरि पारित गरेको थियो ।

कार्यक्रममा विशिष्ट अतिथि संघका पूर्व केन्द्रीय उपाध्यक्ष अमरबहादुर खड्का, संघका केन्द्रीय सदस्य अर्जुनकुमार तिवारी, लुम्बिनी प्रदेश उपाध्यक्ष रमेशकुमार पाण्डेय, नेपाली कांग्रेस दाङ क्षेत्र नं २ का सभापति भिमप्रकाश खड्का हुनुहुन्थ्यो । कार्यक्रममा बोल्ने वक्ताहरूले समाजका हरेक क्षेत्रको अगुवाइ शिक्षकले गरेको भन्दै समाजलाई सही दिशाबोध गर्ने कार्यमा लाग्नुमा जोड दिएका छन ।

नेपाल शिक्षक संघ दाङका उपाध्यक्ष दामबहादुर बिसीको स्वागत मन्तव्यबाट शुरु भएको कार्यक्रममा संघका पूर्व उपमहासचिव सुशीला सुवेदी, नेपाल शिक्षक महासंघ दाङका अध्यक्ष युवराज बस्नेत, संघका पूर्व अध्यक्ष शंकर दिवस मजगैँया र कुमुद पोख्रेल, सल्लाहकार जितबहादुर थापा, प्रजातान्त्रिक कानुन व्यावसायी संघ दाङका अध्यक्ष कुमारराज श्रेष्ठ, तुल्सीपुरका अध्यक्ष शालिकराम रेग्मी, बरिष्ठ अधिवक्ता दिपकराज रेग्मी, नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका कोषाध्यक्ष विजय अधिकारी, अखिल नेपाल शिक्षक संघका अध्यक्ष रुमाल बसेल, अखिल नेपाल राष्ट्रिय शिक्षक सङ्गठनका अध्यक्ष ईश्वरी प्रसाद पाण्डेय लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नु भएको थियो । कार्यक्रमको सहजिकरण संघका सचिव सूर्यबहादुर बस्नेतले गर्नुभएको थियो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)