![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/InShot_20240211_125843980.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – हङ्गेरीकी राष्ट्रपति क्याटलिन नोभाकले राजीनामा दिनुभएको छ । बालबालिकालाई यौन शोषण गरेको मुद्दामा दोषी ठहर भएका एक व्यक्तिको सजाय माफ गरेकोमा खेद व्यक्त गर्दै राष्ट्रपति नोभाकले राजीनामा दिनुभएको बीबीसीले जनाएको छ ।
एक सरकारी बालगृहका निर्देशकमाथि लागेको यौन शोषणको आरोप फिर्ता लिन बालबालिकालाई दबाब दिने व्यक्तिको सजाय राष्ट्रपतिले माफ गरेको कुरा गएको हप्ता सार्वजनिक भएको थियो । राष्ट्रपतिको यो निर्णयलाई लिएर हङ्गेरीमा प्रदर्शन भइरहेको थियो र राष्ट्रपतिको राजीनामाको माग भइरहेको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
राष्ट्रपति नोभाकले टीभीमा लाइभ आएर आफ्नो निर्णयप्रति खेद प्रकट गर्नुभयो र सजाय माफ दिएर आफूले गल्ती गरेको बताउनुभयो । सजाय माफको निर्णयलाई अनुमति दिने तत्कालीन कानुनमन्त्री जुडित वारगाले प्रधानमन्त्री भिक्टर ओर्बानको पार्टीको तर्फबाट युरोपेली चुनावका लागि अभियानबाट हट्ने घोषणा गर्नुभएको छ ।
गएको वर्ष इसाई धर्मगुरु पोप फ्रान्सिस हङ्गेरी आउँदा राष्ट्रपति नोभाकले २५ जनाको सजाय माफ गर्नुभएको थियो । त्यो सूचीमा परेका बालगृहका निर्देशकलाई यौन शोषण मुद्दामा आठ वर्षको सजाय सुनाइएको थियो । यस्तै बालगृहका उपनिर्देशकलाई तीन वर्षको सजाय सुनाइएको थियो ।