Aamsanchar

वैशाखमा हाउजिङ सम्मेलन गर्ने तयारी

Author Image
आइतवार, माघ २८, २०८०

काठमाडौं – नेपाल जग्गा तथा आवास विकास महासंघले आगामी वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने भएको छ।

शनिबार पोखरामा १९ बुँदे घोषणापत्र जारी गर्दै सकिएको नेपाल जग्गा तथा आवास विकास महासंघको दोस्रो महासभा बैठकले वैशाख महिनामा हाउजिङ सम्मेलन गर्ने निर्णय गरेको हो।

आइतबार दोस्रो महासभा बैठकका निर्णयहरूबारे जानकारी दिँदै महासंघका अध्यक्ष भेषराज लोहनीले महासभा सोचेको भन्दा व्यवस्थित, मर्यादित, शालीन र उपस्थितिको हिसाबले र व्यवसायहरुलाई उत्साह प्रदान गर्ने कुरामा सफल भएको बताए।

उनले संगठनलाई मजबुत बनाउने कुरामा पनि महासभा सफल भएको उनको ठम्याइ छ। महासभामा ३३ वटा जिल्ला संघहरूसहित ५० जिल्लाका करिब ३५० भन्दा बढी प्रतिनिधि सहभागी भएको बताए।

उनले घरजग्गालाई व्यवस्थित, मर्यादित र अनुशासित ढंगले राज्यलाई थप योगदान दिने ढंगले काम गर्नको लागि स्टक मार्केट जस्तै रियल स्टेट मार्केट गठन गर्नुपर्ने बताए।

उनले याण्डपोलिङ, हाउजिङपोलिङ गरेर निजी क्षेत्रलाई सहभागी गराई टाउनसिप गराउने ढंगमा सहकार्य गर्न आवश्यक रहेको बताए।

उनले भने, ‘ हामीले पोखरा घोषणापत्रमा १९ बुँदे घोषणा पत्र जारी गरेका छौँ। यसले देशभरका व्यवसायीहरुका पीर,मर्का समस्याहरु सबै बुझेर वस्तुस्थितिबारे जानकारी लिन्छौँ र सरकारलाई जानकारी गराउने उद्देश्यले यो घोषणा पत्र जारी भएको हो। नीति निर्माणको तहमा रहनु हुनेलाई जानकारी गराउँछौँ । वैशाखमा हाउजिङ समिट गर्ने तयारी गर्दै छौँ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर