Aamsanchar

मेलामा एक करोड रुपैयाँ बरावरको तेजपातको कारोबार

Author Image
आइतवार, माघ २८, २०८०

ढल्केबर- जनकपुरधामबाट करिब १८ किलोमिटर उत्तर–पूर्वमा धनुषाधाम पर्छ । यहाँ हरेक वर्ष माघमा एक महिने मकरसङ्क्रान्ति मेला लाग्छ । सो मेलामा करिब एक करोड रुपियाँ बरावरको तेजपातको कारोबार भएको छ ।

त्रेतायुगमा तत्कालीन मिथिलाका राजा जनकको प्रतिज्ञा पूरा गर्न भगवान् रामले शिवको पिनाकमा प्रत्याञ्च चढाउँदा तीन टुव्रmा भएर एक खण्ड आकाश, दोस्रो खण्ड पाताल र तेस्रो खण्ड धनुषामा खसेकाले धनुषाधामकै रूपमा पुजिन थालिएको धार्मिक तथा पौराणिक मान्यता रहिआएको छ ।

यहाँ दिनहुँ आन्तरिक तथा बाह्य पर्यटक आउनेगरेको भए पनि माघ महिनाको प्रत्येक आइतबार लाग्ने मेलाका दिन अत्यधिक भिड रहन्छ । यस धार्मिक मेलामा धनुषा, महोत्तरी, सिराहा, सप्तरी, सिन्धुली तथा भारतीय सीमावर्ती क्षेत्रका दर्शनार्थी आउने गर्छन् ।

मेलाको थुप्रै चलन तथा मौलिकता गुम्दै गए पनि तेजपातको खरिद बिक्री भने झन् वृद्धि भएको छ । कुकुर, छाउरो, घोडा, हस्तकला किनबेच तथा आमा–छोरीको मिलन, लोकदोहोरी र मन्दिरमा विवाह गर्ने चलन एवं मौलिकता हराउँदै गए पनि तेजपातको खरिद बिक्रीमा वृद्धि भएको स्थानीय सञ्चारकर्मी मुकेशकुमार ठाकुरको भनाइ छ ।

भान्सा तथा घरेलु औषधीमा प्रयोग गरिने तेजपात बर्षेनी आयोजना हुने यो मेलाको मुख्य आकर्षणको रुपमा रहने गरेको उहाँले बताउनुभयो । “मेला भर्न आउने अधिकांश सर्वसाधारणले तेजपात खरिद गर्नेगरेका छन् । त्यसलगायत सखरखण्ड ९केसौर० धुपी, फलामको कृषि तथा घरेलु औजारको पनि राम्रै व्यापार भएको छ” ठाकुरले भन्नुभयो ।

तेजपात व्यापारी तथा धनुषाधाम मेला व्यवस्थापन समितिको सल्लाहकार समेत रहनुभएका चलितर महतोले मेलामा अहिलेसम्म एक करोड रुपियाँ बराबर तेजपातको कारोबार भएको बताउनुभयो । उदयपुर जिल्लाबाट तेजपात खरिद गरेर ल्याउनेगरेको बताउँदै उहाँले भन्नुभयो, “किलोको हिसाब गर्दा दुई हजार चारसय क्विन्टल तेजपात बिक्री भएको छ ।”

अघिल्लो वर्ष पनि एक हजारभन्दा बढी किलो तेजपातको बिक्री भएको उहाँले जानकारी दिनुभयो । तेजपात खरिद गरेर घर फर्किदैगरेका ढल्केवरकी सरिता महतोले ताजा, वासनादार र अरु ठाउँको तुलनामा यहाँ तेजपात सस्तोमा पाइने भएकाले खरिद गरेको बताउनुभयो । एक वर्षका लागि पुग्नेगरी खरिद गरेको बताउँदै उहाँले कोसेलीको रुपमा वर्षेनी लाग्ने यही मेलामा आएर तेजपात खरिद गर्नेगरेको जानकारी दिनुभयो ।

स्थानीय युवा गोविन्द यादवले मेला भर्न आउनेहरुले कासेलीको रुपमा मिठा पकवानसँगै तेजपात अनिवार्य खरिद गर्नेगरेको बताउनुभयो । तेजपातका लागि छुट्टै बजार लाग्नेगरेको बताउँदै उहाँले २० भन्दा बढी खुद्रा तथा थोक व्यापारीले छुट्टाछुट्टै व्यापार गर्दैआएको जानकारी दिनुभयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 79

प्रतिक्रिया (०)

सम्बन्धित खबर