Aamsanchar

पाकिस्तानमा सरकार निर्माणका लागि गठबन्धन गर्ने सहमति

Author Image
सोमवार, माघ २९, २०८०

काठमाडौं – पाकिस्तानमा सरकार निर्माणका लागि पाकिस्तान मुस्लिम लिग नवाज पीएलएम–एन र पाकिस्तान पिपुल्स पार्टी पीपीपीबीच गठबन्धन गर्ने सहमति भएको छ।

यसअघि पनि गठबन्धन सरकार बनाएका यी दुई पार्टीले गठबन्धनलाई निरन्तरता दिने सहमति गरेका हुन्। लाहोरस्थित बिलावल हाउसमा पीएलएम–एनका अध्यक्ष शहबाज शरीफ र पीपीपीका अध्यक्ष बिलावल भुट्टो तथा आसिफ अली जरदारीबीच सहमति भएको बीबीसीले जनाएको छ।

सहमतिपछि जारी गरिएको विज्ञप्तिमा पीएलएम–एन र पीपीपीबीच राजनीतिक सहयोग आदान प्रदानको सैद्धान्तिक सहमति भएको उल्लेख छ। चार दिनअघि भएको निर्वाचनमा पूर्वप्रधानमन्त्री इमरान खानको पार्टी पाकिस्तान तहरिक ए इन्साफ पीटीआई समर्थित स्वतन्त्र उम्मेदवारले सबैभन्दा बढी ९३ सिटमा जित हासिल गरेका छन्।
पीएमएल–एनल ७५ तथा पीपीपीले ५४ सिटमा जित हासिल गरेको छ। पाकिस्तानको नेशनल एसेम्बलीमा ३ सय ६६ सिट छन्।

जसमध्ये २ सय ६६ सिटमा निर्वाचन भएको छ भने बाँकी ७० सिट आरक्षित छन्। सरकार निर्माणका लागि प्रत्यक्ष निर्वाचनबाट चुनिने कम्तीका १ सय ३४ सिट आवश्यक पर्छन्। साथै यो पार्टीले निर्वाचनमा संस्थागत धाँदली भएको आरोप लगाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 56

प्रतिक्रिया (०)

सम्बन्धित खबर