Aamsanchar

झापा आउँदै गरेकाे सहित दुईवटा ट्रक १ करोड ३९ लाखभन्दा बढीको सामानसहित नियन्त्रणमा

Author Image
सोमवार, माघ २९, २०८०

झापा – वीरगन्जबाट प्रहरीले भन्सार राजश्व छलेको आशंकामा १ करोड ३९ लाखभन्दा बढीको सामानसहित दुईवटा मालवाहक ट्रक नियन्त्रणमा लिएको छ।

औषधि,लत्ताकपडा तथा अन्य खुद्रा सामान बोकेर वीरगन्जबाट भैरहवा र झापातर्फ आउँदै गरेका दुई वटा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो। पर्साका प्रहरी प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक कुमार विक्रम थापाका अनुसार वीरगन्जबाट भैरहवातर्फ जाँदै गरेको ना ५ ख ८५६५ नम्बरको मालवाहक ट्रक वीरगन्ज २१ परवानीपुरमा प्रहरीले रोकेर चेकजाँच गरेको थियो।

त्यस क्रममा उक्त ट्रकबाट बिलबिजक शंकास्पद रहेको ७० लाख ४३ हजार ७०५ रुपैयाँ बराबरको सामान फेला परेपछि नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक थापाले जानकारी दिए। यस्तै वीरगन्जबाटै अर्को मालवाहक ट्रक पनि नियन्त्रणमा लिइएको थापाले बताए।

 

उनका अनुसार वीरगन्जबाट झापातर्फ जाँदै गरेको प्रदेश १–०१–००१ ख ३९१५ नम्बरको ट्रक वीरगन्ज-१४ गण्डक चोकमा प्रहरीले रोकेर चेकजाँच गर्दा उक्त ट्रकबाट पनि बिलबिजक शंकास्पद रहेको ६९ लाख १५ हजार १६९ रुपैयाँ बराबरको लत्ताकपडा तथा औषधि बरामद गरिएको थापाले बताए।

नियन्त्रणमा लिइएका दुवै मालवाहक ट्रकलाई आवश्यक अनुसन्धान र कारबाहीका लागि राजस्व अनुसन्धान कार्यालय पथलैया बारामा बुझाइएको थापाले जानकारी दिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर