Aamsanchar

इलाम र पाँचथरका दुई जना विष्फोटक पदार्थसहित पक्राउ

Author Image
मङ्गलवार, फागुन १, २०८०

‍‍‍‍‍‍‍‍‍‍‍‍‍मोरङ – इलाम माम्सेबुङ गाउँपालिक-१ गजुरमुखी घर भई काठमाडौं भिमसेनगोला डेरा गरी बस्ने ३८ वर्षीय प्रवीण मिश्र र पाँचथर याङवरक गाउँपालिका-१ बस्ने ३० वर्षीय विपिन अधिकारीलाई विभिन्न विष्फोटक पदार्थसहित सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उनीहरूको साथबाट विष्फोटक पदार्थमा प्रयोग हुने डेटोनेटर ७ थान, १८ फिट ३ ईन्च लम्बाई रहेको डेडकर्ड, सोडा करिब २ केजी, सहयोग रसिद ठेली २ थान तथा विभिन्न कागजात, डिजिटल स्ट्याम्प १ थान, मोबाइल ४ थान, सिम कार्डहरू लगायतका सामान बरामद भएको छ।

विराटनगर महानगरपालिका-३ स्थित खाली चौरमा प्रेशर कुकर बम जस्तो बस्तु फेला परेकोमा तत्काल जिल्ला प्रहरी कार्यालय मोरङबाट प्रहरी टोली खटि गएको र अनुसन्धानको क्रममा उक्त वस्तु राख्न उनीहरूको संलग्नता रहेको खुल्न आएको छ। उक्त वस्तु नेपाली सेनाको बम डिस्पोजल टोलीले डिस्पोज गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 97

प्रतिक्रिया (०)

सम्बन्धित खबर