Aamsanchar

श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता पाठ्यक्रम लागू गर्ने

Author Image
बुधवार, फागुन २, २०८०

काठमाण्डौ – श्रीलङ्काले शिक्षा प्रणालीमा कृत्रिम बौद्धिकता (एआ का धेरै पाठ्यक्रम लागू गर्ने भएको छ । कृत्रिम बौद्धिकतासँग सम्बन्धित राष्ट्रिय रणनीति तथा योजनाको निर्माणका लागि नियुक्त कार्यदलको सिफारिसमा श्रीलङ्काले एआई पाठ्यक्रम लागू गर्ने भएको हो । यसका लागि श्रीलङ्काको मन्त्रिपरिषद्ले स्वीकृति दिएको चिनियाँ सञ्चार माध्यम सिन्ह्वाले जनाएको छ ।

परियोजनालाई माइक्रोसफ्ट इन्स्टिच्युटको सहयोगमा कार्यान्वयन गरिने श्रीलङ्का सरकारको सूचना विभागले जनाएको छ । विभागका अनुसार श्रीलङ्का नेसनल इन्स्टिच्युट अफ एजुकेसनको सिफारिसका आधारमा माइक्रोसफ्ट इन्स्टिच्युटले लागू गरेको अन्तर्राष्ट्रिय पाठ्यक्रमलाई संशोधन गर्न आवश्यक आधारभूत मानव संसाधन उपलब्ध भएका विद्यालयहरूमा कक्षा ८ देखि एआई सम्बन्धी प्रस्तावित पाइलट परियोजना शुरु गर्न स्वीकृति दिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 81

प्रतिक्रिया (०)

सम्बन्धित खबर