Aamsanchar

शिक्षाको ज्योति फैलाउदै अभिभावकको मन जित्दै, अर्जुनधारा १० को शुभतारा

Author Image
बुधवार, फागुन २, २०८०

अर्जुनधारा । झापाको अर्जुनधारा नगरपालिका –१० बुद्धचोकस्थित शुभतारा एजुकेसन फाउण्डेसनको १५ औं साँस्कृतिक कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।
विद्यालय प्राङ्गणमा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष विमल हुमागाईँको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको प्रमुख अतिथि निजी तथा आवासीय विद्यालय संगठन ९प्याब्सन० कोशी प्रदेशका सल्लाहकार मिलनकुमार ढुङ्गानाले उद्घाटन गरेका थिए ।

छात्रा कृतिका भण्डारीले स्वागत गरेको कार्यक्रममा विद्यार्थीहरूले सांस्कृतिक कार्यक्रम, फेसन शो, र्याम्स, कविता, निबन्ध आदि प्रस्तुत गरेका थिए । त्यस्तै विद्यालयमा हालै सम्पन्न भएको विभिन्न खेलकुद प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुने विद्यार्थीहरूलाई प्रमाण पत्र र मेडल प्रदान गरिएको थियो । शिक्षाको ज्योति फैलाउदै अभिभावकको मन जित्दै आएको शुभताराले  आयोजना गरेको साँस्कृतिक कार्यक्रममा अभिभावकहरुको उल्लेखनीय उपस्थिती रहेको थियो ।

सोही कार्यक्रमको अवसरमा शिक्षा क्षेत्रमा विशेष योगदान पुर्‍याउन सफल सामाजिक व्यक्तित्व स्थानीय मीना श्रेष्ठलाई सम्मान पत्रसहित दोसल्ला ओढाई सम्मानित गरिएको बताइएको छ ।
कार्यक्रममा प्याब्सन अर्जुनधाराका अध्यक्ष रुद्रप्रसाद सिटौला, झापा जिल्ला फुटबल संघका अध्यक्ष भगिरथ आले “मामा” लगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।

वार्षिकोत्सव अन्तरगत औपचारिक कार्यक्रमको सञ्चालन विद्यालयका संस्थापक एवम् प्रधानाध्यापक कुमार रायाले र सांस्कृतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू कृतिका भण्डारी, विश्वराज आचार्यलगायतले गरेका थिए ।
विद्यालयले आज सरस्वती पूजाको अवसरमा ९अक्षरआरम्भ ० का लागि भर्ना हुन आएका विद्यार्थीहरूलाई निशुल्क भर्ना गराइए रहेको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 126

प्रतिक्रिया (०)