Aamsanchar

क्यानद्वारा ए टिमका लागि ३६ जना खेलाडी सूचीकृत

Author Image
बुधवार, फागुन २, २०८०

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले ए टिमको घोषणा गर्न ३६ जना खेलाडी छनौट गरेको छ।

क्यानले यसअघि नै सिनियर टिमलाई दीर्घकालमा बलियो टिम बनाउन ए टिम बनाउने घोषणा गरेको थियो । ए टिमका लागि ३६ जनाको सूचीमा बिनोद भण्डारी, रित गौतम, दिलिप नाथ, नरेश भट्ट, आशुतोष घिरोहिया, बिबेक यादव, बशीर अहमद, बिपिन खत्री, मौसम ढकाल, रंजित कुमार, प्रतिस जिसी, विकास आग्री, अर्जुन साउद, सन्दीप जोरा, मयन यादव, अर्जुन घर्ति, अर्जुन कुमाल, रुपेश सिंह, शाहाब आलम, शेर मल्ल, दिपेश कँडेल, रिजन ढकाल, आकाश चन्द, कमल सिंह ऐरी, लोकेश बम, हरि शंकर शाह, किरण ठगुन्ना, सुजन थपलिया, रसिद खान, दिनेश अधिकारी, सगर ढकाल, दिपेन्द्र राउत, सुबाश भण्डारी, नरबहादुर सार्की, हेमन्त धामी र कमल खत्री रहेका छन्।

त्यसैगरी क्यानले नेपाल ए टिमको प्रशिक्षकमा ज्ञानेन्द्र मल्ल र कालम अलीलाई चयन गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 98

प्रतिक्रिया (०)

सम्बन्धित खबर