Aamsanchar

इजरायलद्वारा लेबनानमा आक्रमण, सात जनाकाे ज्यान गयाे

Author Image
बिहिवार, फागुन ३, २०८०

इजरायलले लेबनानमा गरेको पछिल्लो आक्रमणमा सात जना नागरिकको ज्यान गएको छ । इजरायलले हिजबुल्लाहमाथिको आक्रमणलाई तीव्र बनाउने क्रममा लेबनानमाथि आक्रमण बढाएको हो ।

हिजबुल्लाहको रकेट फायरले इजरायलमा एक सैनिकको ज्यान गएपछि इजरायल हिजबुल्लाहप्रति आक्रामक बन्दै गएको बीबीसीको खबरमा उल्लेख छ ।

उत्तरी इजरायलमा भएको घातक रकेट आक्रमणको जवाफमा हिजबुल्लाहको पूर्वाधारमा आक्रमण गरेको इजरायलले जनाएको छ । गाजामा इजरायल र प्यालेस्टिनी समूह हमासबीच अक्टोबरमा युद्ध शुरु भएदेखि हिज्बुल्लाह लडाकुले पनि इजरायलको सीमा क्षेत्रमा इजरायली सेनामाथि आक्रमण गर्दै आएको खबरमा उल्लेख छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 49

प्रतिक्रिया (०)

सम्बन्धित खबर