Aamsanchar

आज भारत बन्द

Author Image
शुक्रवार, फागुन ४, २०८०

भारतमा किसानको मागको समर्थनमा संयुक्त किसान मोर्चालगायत धेरै किसान सङ्गठनहरूले आज भारत बन्दको घोषणा गरेका छन् । संयुक्त किसान मोर्चाले गरेको ग्रामीण भारत बन्दको आह्वानमा यो बन्द गरिएको हो ।

मोर्चाले किसानको मागलाई समर्थन गर्ने सबै सङ्गठनलाई भारत बन्द गर्न अपिल गरेको बीबीसी हिन्दीले जनाएको छ । त्यसमा देशभरका केही श्रमिक सङ्गठनको पनि सहभागिता रहनेछ । यस बन्दमा सहभागी हुन दिल्लीतर्फ लागेका पञ्जाबका केही किसानहरूलाई हरियाणामा अम्बाला नजिकै रोकिएको खबरमा उल्लेख छ । उनीहरुलाई रोक्न सुरक्षाकर्मीले अश्रुग्यास समेत प्रहार गरेका थिए ।

भारत बन्दलाई मध्यनजर गर्दै राजधानी दिल्लीलगायत धेरै राज्यमा सुरक्षा व्यवस्था गरिएको छ । दिल्ली पुलिसका अनुसार प्रदर्शनकारीलाई दिल्ली प्रवेश गर्नबाट रोक्नको लागि पूर्ण व्यवस्था गरिएको छ । किसानहरुको अर्को सङ्गठन संयुक्त किसान मोर्चा (गैरराजनीतिक) ले पनि भारत बन्दमा सहभागी हुन नागरिकलाई अपिल गरेको छ ।

भारतको हरियाणा, पञ्जाब र उत्तर प्रदेश राज्यका किसानले केन्द्र सरकारले न्यूनतम समर्थन मूल्य तोक्नुपर्ने, किसानविरुद्धको मुद्दा फिर्ता लिनुपर्ने, किसानलाई प्रदूषण कानुनभन्दा बाहिर राख्नुपर्ने, लगायतका माग राखेर आन्दोलन गर्दै आएका छन् ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 44

प्रतिक्रिया (०)

सम्बन्धित खबर