Aamsanchar

सडकमा नै दूध पोखेर किसानको आन्दोलन

Author Image
आइतवार, फागुन ६, २०८०

काठमाडौं –सरकारले भुक्तानी नदिएको भन्दै चितवनका किसान सडकमा नै दूध पोखेर आन्दोलनमा उत्रिएका छन् ।

दूधको बिक्री तथा भुक्तानीमा देखिएको बेथितिको विरोधमा आफूहरू आन्दोलनमा उत्रिएको चितवन दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष किशोर बगालेले बताए ।

किसानले सडकमा दूध पोखाउनुका साथै समस्या समाधानका निम्ति प्रमुख जिल्ला अधिकारी भूपेन्द्र थापालाई ज्ञापनपत्र समेत बुझाएका छन् ।

आफूहरूको आन्दोलनलाई बेवास्ता गरिए अझ सशक्त रूपमा विरोध गरिने अध्यक्ष बगालले बताए ।

किसानले उत्पादन गरेको दूधको बिक्रीको व्यवस्था र भुक्तानी पाउनुपर्ने दुई माग राखेर उनीहरू आन्दोलनमा उत्रिएका हुन् । चितवनका किसानले गएको साउनदेखिको करिब ५२ करोड रुपैयाँ भुक्तानी बाँकी रहेको जनाएका छन् ।

पछिल्लो पाँच दिनदेखि दूध बिक्री नभएको उनीहरूको भनाइ छ । चितवनबाट दैनिक एक लाख ५१ हजार लिटर दूध बिक्री गरिँदै आएको थियो । दूध बिक्री नभएर फाल्नुपर्ने अवस्था भएपछि नचाहँदा नचाहँदै सडकमा पोख्न बाध्य भएको किसानले बताएका छन् ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 52

प्रतिक्रिया (०)

सम्बन्धित खबर