Aamsanchar

फक्ताङलुङ  एजुकेसनले मनायो १४ औं वार्षिकोत्सव

Author Image
सोमवार, फागुन ७, २०८०

दुर्गापुर । झापाको कनकाई नगरपालिका ७ स्थित दुर्गापुरमा रहेको फक्ताङलुङ  एजुकेसन फाउण्डेसनको १४ औं वार्षिकोत्सव तथा अभिभावक दिवस आज सम्पन्न भएको छ ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा आयोजित वार्षिकोउत्सवमा कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलको प्रमुख आतिथ्य रहेको थियो ।

विभिन्न सांस्कृतिक कार्यक्रमसहित आयोजना भएको  नृत्य, वार्षिकोत्सवमा पिइएफ आइडल सिजन वानको ग्रान्ड फिनाले पनि सम्पन्न गरिएको थियो ।

गायन तर्फको फिनालेमा विद्यार्थी शिखा सेन्चुरी प्रथम, नामसाङ चेम्जोङ दोस्रो र प्रवेश संग्रौला  तेस्रो बनेका छन् । ग्रान्ड फिनालेमा न्युसन राई र दीपक रायमाझीले निर्णयको भूमिका निर्वाह गरेका थिए ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थी इना राई, हिमाल शिवाकोटी, उत्कृष्ट शिक्षक दुर्गा लुँइटेल, कुसुम भुजेल, उत्कृष्ट अभिभावक खगेन्द्र योङहाङ, विमला न्यौपाने, अमृत विश्वकर्मा, बविता उप्रेती, चन्द्रकला श्रेष्ठलाई सम्मान तथा पुरस्कृत गरिएको थियो । त्यसैगरी विद्यालयका कर्मचारी खिना गौतमलाई सम्मान गरिएको विद्यालयका प्रधानाध्यापक ओमविक्रम नेम्वाङले जानकारी दिए ।

समारोहमा प्रमुख अतिथि पोखरेल, नेशनल प्याब्सन केन्द्रीय सदस्य सञ्जीव राई, कनकाई ७ का वडाध्यक्ष भिष्मभूषण सिटौला लगायतले मन्तव्य राखेका थिए ।

प्रधानाध्यापक नेम्वाङले विद्यालयको वार्षिक प्रगति विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा स्वागत विद्यार्थी जिज्ञासा दाहालले गरेकी थिइन ।

कार्यक्रम विद्यालयका साहयक प्रधानाध्यापक लक्ष्मी अधिकारीले सञ्चालन गरेका थिए भने सांगीतिक कार्यक्रमको सञ्चालन विद्यार्थीहरू रिजन तिम्सिना र सुवास पौडेलले गरेका थिए ।
वार्षिकोत्सवको अवसरमा विद्यार्थीहरू द्वारा तयार पारिएको चित्रकला र रोबोटिक्स (विज्ञान प्रर्दशनी) गरिएको थियो ।

विद्यालयका प्रधानाध्यापक नेम्वाङको भनाई अनुसार ‘फक्तालुङले विद्यार्थीहरूलाई ध्यान, नृत्य, गायन, चित्रकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरू गराउँदै आएको छ ।’

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
13
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)