Aamsanchar

झापा : हात्तीको आक्रमणबाट जंगलमा दाउरा खोज्न गएकी महिला घाइते

Author Image
मङ्गलवार, फागुन ८, २०८०

झापा – झापामा जंगली हात्तीको आक्रमणबाट एक महिला घाइते भएकी छिन्। मेचीनगर नगरपालिका-१२ स्थित पाथीभरा टोलका ४-५ जना महिला मंगलबार दिउँसो साढे १२ बजे घर नजिकैको कालिका सामुदायिक वनमा दाउरा खोज्न गएका थिए। दाउरा खोज्दै हिँडेकामध्ये ३१ वर्षीया चन्द्र कुमारी आङदाम्बेलाई जंगली हात्तीले आक्रमण गरेका थिए।

एउटा जंगली हात्तीको आक्रमणबाट उनको टाउको र शरीरको विभिन्न भागमा चोट लागेको छ। घाइते भएका उनलाई उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए। वनमा घटना भए लगतै प्रहरी चौकी चारआली र इलाका प्रहरी कार्यालय धुलाबारीको टोली घटनास्थल पुगेका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 179

प्रतिक्रिया (०)

सम्बन्धित खबर