Aamsanchar

ऋण मिनाहाको माग गर्दै बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाडौं – मिटरब्याज र लघुवित्त पीडितहरू बालुवाटारस्थित राष्ट्र बैंकमा धर्ना दिएका छन् । लघुवित्त तथा वित्तिय शोषण विरुद्धको संघर्ष समिति नेपालको अगुवाईमा देशका विभिन्न स्थानबाट काठमाडौं आएका पीडितहरुले बुधबार सिफलबाट मार्चपास गर्दै बालुवाटार पुगेर धर्ना दिएका हुन् ।

सो क्रममा उनीहरुले लघुवित्तले मिटरब्याजको ऋणमा फसाएको भन्दै लघुवित्त र वित्तिय संस्था खारेज गर्न माग गरेका थिए । संघर्ष समितिले सामूहिक ऋण मिनाहा गर,समाजवादी अर्थतन्त्रको विकास गर, कालोसूची तथा धितो लिलाम फुकुवा गर,आम गरिब किसानलाई निशुल्क ऋणको व्यवस्था गर लगायतका नौ बुँदे माग अघि सारेका छन् ।

लघुवित्त पीडितले आफ्ना मागहरू राज्यले सुन्नुपर्ने भन्दै मागको सुनुवाई नभएसम्म नफर्किने जनाएका छन् । तीन वर्षदेखि सरकारले आश्वासन दिएपनि माग पूरा नगरेको पीडितहरूको गुनासो छ ।

 

आजै बिहान सहकारी र लघुवित्त पीडितहरूका प्रतिनिधिहरूलाई सिंहदरबारमा बोलाएर प्रधानमन्त्री पुष्पकमल दाहालले समस्या समाधान गर्न सरकारले पहल गरिरहेको बताएका थिए।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 53

प्रतिक्रिया (०)

सम्बन्धित खबर