Aamsanchar

काठमाडौंमा एकै परिवारका तीन जनाको हत्या घटना : शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल लगियो

Author Image
बुधवार, फागुन ९, २०८०

काठमाडौं – काठमाडौंको नागार्जुन नगरपालिका-६ भैरबटोलमा एकै परिवारका तीन जनाको हत्या भएको छ।

सोलखुम्बुको दूधकुण्ड घर भई नागार्जुन नगरपालिका-६ भैरबटोलमा बस्दै आएकी ३८ वर्षीया ईश्वरी श्रेष्ठ, निजकी आठ वर्षीया छोरी अनिशा श्रेष्ठ र साढे दुई वर्षकी नातिनी सिवानी श्रेष्ठको हत्या भएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ। हत्यामा निज ईश्वरीका श्रीमानको संलग्नता रहेको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ।

ईश्वरीका श्रीमान् राजु घिमिरे भनिने काजी विकको शव पनि घरभन्दा केही पर जंगलमा झुण्डिएको अवस्थामा फेला परेकाले उक्त हत्यामा निज काजी विककै हात रहेको अनुमान गरी अनुसन्धान थालेको प्रहरीले जनाएको छ। विहान साढे ९ बजेपछि कोठाभित्र शव देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए।

 

त्यसको केही समयपछि विक पनि घरभन्दा केही परको जंगलमा झुण्डिएको अवस्थामा स्थानीयले देखेका थिए। घटनाको थप अनुसन्धान भइरहेको र शव पोष्टमार्टमका लागि शिक्षण अस्पताल पठाइएको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर