Aamsanchar

मोरङको सुनवर्षीमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञकाे तयारी

Author Image
बुधवार, फागुन ९, २०८०

उर्लाबारी-मोरङको सुनवर्षी नगरपालिका वडा नं.९ डाइनियाँमा ३४ वर्षपछि श्रीश्री १०८ विष्णु महायज्ञ हुने भएको छ । श्रीश्री १०८ विष्णुमहायज्ञ आयोजक मुल समारोह समितिले आयोजना महायज्ञ आयोजना गर्न लागेको हो ।

फागुन ९ गते कलश यात्रा भएर १० गतेबाट औपचारिक रुपमा सुरु हुने महायज्ञ यसअघि २०४६ सालमा भएको थियो । महायज्ञका लागि सुनवर्षी ९ को कदमगाछीस्थित लक्ष्मीटोलमा ८ बिघा जग्गामा बिशाल पण्डाल लगाइएको छ । खाना, आवास, पूजा अर्चनाका लागि अलग अलग विशाल पण्डाल निर्माण गरिएको छ ।

भारतका दुई वटा र नेपालका १० वटा कीर्तन टोली महायज्ञ अवधिभर १०८ घण्टा अखण्ड कीर्तन गर्नेछन् । आउने सबैलाई भोजन र आवासको समेत ब्यवस्था मिलाइएको महायज्ञमा दैनिक २० हजारभन्दा बढी अनुयायीको सहभागिता रहने महायज्ञ आयोजक समितिका उप प्रमुख नारायणप्रसाद गनगाईले बताउनुभयो । गनगाईका अनुसार गाउँ टोलमा महायज्ञका लागि हरेक घरधुरीले आर्थिक सहयोग गरेका छन् । सक्नेले पाँच हजार ५५५ रुपियाँ र नसक्नेले पनि पाँच सय रुपियाँ आर्थिक सहयोग गरेको गनगाईले बताउनुभयो ।

अखण्ड विष्णु महायज्ञले गाउँघरमा आपसी सम्बन्ध विस्तार गर्ने, झैझगडा अन्त्य हुने र कोही बिच बोलचाल नभए यो महायज्ञले बोलचाल खोल्ने विश्वास गरिन्छ । महायज्ञका सल्लाहकार अमरेन्द्रकुमार साहले भन्नुभयो, ‘‘७ दिनमा डेढ लाख भक्तजनले महायज्ञमा भाग लिनेछन् । उनीहरूलाई भोजन र आवासको समेत बन्दोवस्त हुनेछ । जसका लागि २० लाख रुपियाँ आवश्यक पर्ने अनुमान गरिएको छ । नेपाल र भारतका सन्त महात्माहरूबाट प्रवचन समेत हुने महायज्ञ फागुन १७ सकिनेछ ।’’

सुनवर्षी नगरपालिकाले एक लाख पाँच हजार रुपियाँ आर्थिक सहयोग गरेको छ भने बाँकी खर्च धार्मिक अनुयायीबाट सङ्कलन हुने उपप्रमुख नारायणप्रसाद गनगाईले बताउनु भयो ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर