Aamsanchar

हरिकुल नमुनाको मास्टर स्पेलिब्रिटीमा कनकाई र नवयुग शिक्षा निकेतनका विद्यार्थी उत्कृष्ट

Author Image
बुधवार, फागुन ९, २०८०

कनकाई । झापाको कनकाई ३ स्थित सुरुंगामा रहेको श्री हरिकुल नमुना माध्यमिक विद्यालयको   आयोजनामा मास्टर स्पेलिब्रिटी २०८० दोस्रो संस्करण सम्पन्न भएको छ ।
अन्तर पालिका विद्यालयका विद्यार्थीहरुलाई सामेल गराएर आयोजना गरिएको मास्टर स्पेलिब्रिटीमा ४५ जना विद्यार्थीहरूले सहभागिता जनाएका थिए ।

उद्घोषण कला अन्तरगत प्रतियोगितात्मक  मास्टर स्पेलिब्रिटीमा कनकाई माध्यमिक विद्यालय सुरुंंगाका विद्यार्थी दिवस कोइराला प्रथम भएका छन । त्यसै गरी नवयुग शिक्षा निकेतन  दुर्गापुरकी छात्रा सविना ओली दोस्रो र कनकाई माध्यमिक विद्यालयकै विद्यार्थी साइसा बस्नेत तेस्रो बनेकी छन् ।

उत्कृष्ट बन्न सफल भएका विद्यार्थीहरूलाई नगद ५ हजार र ३ हजार पुरस्कारसहित ट्रफी, मेडल र उपहार सामग्री प्रदान गरिएको थियो । विद्यार्थीहरूलाई कार्यक्रमकी सभाध्यक्ष गृषा रावल थापा र उद्घोषण प्रशिक्षक टामन न्यौपानेले उक्त सामग्रीहरु प्रदान गरेका थिए ।

मास्टर स्पेलिब्रिटी २०८० मा कनकाई र  शिवसतासी नगरपालिका क्षेत्रका विभिन्न विद्यालयहरूको तर्फबाट  विद्यार्थीहरूले सहभागिता जनाएको हरिकुलका शिक्षक सन्दिप मरासिनीले जानकारी दिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 144

प्रतिक्रिया (०)