Aamsanchar

उदयपुरको त्रियुगा नगरपालिकामा एक करोडको लगानीमा सिँचाइ कुलो योजना निर्माण सुरु

Author Image
आइतवार, फागुन १३, २०८०

उदयपुर – उदयपुरको त्रियुगा नगरपालिकाका चार वडालाई लक्षित गरी झण्डै एक करोडको लगानीमा सिँचाइ कुलो योजना निर्माण सुरु गरिएको छ ।

खेतीयोग्य जमिन भएर पनि सिँचाइको अभाव झेल्दै आएका वडा नम्बर ६,७,८ र ९ लाई लक्षित गरी ९७ लाख ९८ हजार २९३ रुपैयाँको लागतमा देउराली गुम्बा सिँचाइ योजना सुरु गरिएको हो ।

संघ, प्रदेश, स्थानीय सरकारको ६० प्रतिशत, स्विस सरकारको ३० र उपभोक्ताको १० प्रतिशत लगानीमा ६७५ मिटर लम्बाइ रहेको उक्त योजनाको आइतबार कोसी प्रदेशका उपसभामुख सिर्जना दनुवारले शिलान्यास गरिन् ।

 

योजना शिलान्यास गर्दै उपसभामुख दनुवारले जनतालाई आर्थिक रुपले आत्मनिर्भर बनाउन सिँचाइ योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताइन् । उनले भनिन्, ‘व्यक्तिलाई मात्र नभई पृथ्वीलाई नै पानी अपरिहार्य रहेकाले सिँचाइलाई व्यवस्थित बनाउन सके मात्र कृषि क्रान्ति सम्भव हुन्छ।`

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 115

प्रतिक्रिया (०)

सम्बन्धित खबर