Aamsanchar

झापामा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृ*त्यु

Author Image
आइतवार, फागुन १३, २०८०

प्रतिकात्मक तस्बिर

झापा – झापामा मोटरसाइकल दुर्घटनामा चालकको मृत्यु भएको छ। मृत्यु हुनेमा अर्जुनधारा नगरपालिका-९ कालीस्थानका ५५ वर्षीय खेम बराल रहेका जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी निरीक्षक ढुण्डिराज गिरीले जानकारी दिए।

प्रहरीका अनुसार शनिबार राती करिब ८ बजे अर्जुनधारा-९ चिया बगानस्थित भित्री सडकमा शनिश्चरेबाट कालीस्थानतर्फ जाँदै गरेको प्र-१-०१-०१५ प ९८१७ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो।

दुर्घटनामा घाइते भएका चालक बराललाई उपचारका लागि बिर्तासिटी अस्पताल बिर्तामोड लगिएको थियो। उनको उपचारका क्रममा आइतबार दिउँसो करिब ४ बजे मृत्यु भएको प्रहरी निरीक्षक गिरीले बताए। मोटरसाइकल प्रहरी चौकी शनिश्चरेले नियन्त्रणमा लिएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
2
Views: 12

प्रतिक्रिया (०)