![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/02/tusshipur.jpg)
तुलसीपुर । तुलसीपुर मेट्रो कलेजमा बिएएलएलबी कार्यक्रममा अध्ययनरत विद्यार्थीका लागि आयोजना गरिएको आधारभुत पत्रकारिता तालिमको समापन गरिएको छ । नेपाल पत्रकार महासंघ दाङ्गको आयोजनामा भएको तालिममा समाचार लेखन, पत्रकारिताका सिद्धान्त, आचारसंहिता लगायतका विषयमा विद्यार्थीहरुलाई प्रशिक्षण दिइएको थियो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/08/golary.png)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
कार्यक्रममा बोल्दै महासंघ दाङ्गका अध्यक्ष दुर्गालाल केसीले मिडियाका बारेमा सबैलाई जानकारी गराउन आवश्यक रहेको बताए । उनले आम मानिसमा मिडियाका बारेमा भ्रम रहेको बताउँदै महासंघले मिडियाका बारेमा बुझाउन मिडिया साक्षरता कार्यक्रम सञ्चालन गर्न लागेको बताए । उनले सामाजिक सञ्जालको प्रयोगमा सावधानी अपनाउनुपर्ने भन्दै सामाजिक सञ्जालमा भेटिने राम्रा र नराम्रा सामग्रीहरु छुट्याउन आवश्यक रहेको कुरामा जोड दिए ।
तुलसीपुर मेट्रो कलेजका प्रमुख वसन्त आचार्यले कलेजले विद्यार्थीहरुको सृजनात्मक क्षमताको विकासका लागि तालिमको आयोजना गरेको बताए । ‘हामीले जानेको कुरा हामीसँग मात्रै सिमित गर्नु हुँदैन, अरुलाई पनि जानकारी दिनुपर्दछ । पत्रकारिताले एउटाको ज्ञानलाई धेरै जनासम्म पुर्याउनका लागि मद्दत गर्दछ । ’ कलेज प्रमुख आचार्यले भने ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
कार्यक्रमका नेपाल पत्रकार महासंघका उपाध्यक्ष सन्तोष सुवेदी, विद्यार्थीहरु देविसरा ओली, दुर्विन ओली, निराजन आचार्य र पारस ओलीले मन्तव्य राखेका थिए । कार्यक्रमको सहजिकरण सचिव आरके सितलले गरेका थिए । तालिममा ३२ जनाको सहभागिता रहेको थियो । तालिमको प्रशिक्षकमा दुर्गालाल केसी, नारायण खड्का र सन्तोष सुवेदी रहेका थिए ।