Aamsanchar

बारा विष्फोट : मृतकको संख्या दुई पुग्यो

Author Image
मङ्गलवार, फागुन १५, २०८०

बारा – बाराको निजगढस्थित वर्कसपमा भएको विस्फोटबाट ज्यान गुमाउनेको सङ्ख्या दुई पुगेको छ।

निजगढ नगरपालिका–७ सहिद चोकमा रहेको रोहित वर्कसपमा सोमबार दिउँसो विस्फोटक पदार्थ पड्किदा वर्कसप सञ्चालक रेशम मगरको मृत्यु भएको थियो।

वर्कसपमा ग्राहकले ल्याएको शंकास्पद वस्तु खोल्ने क्रममा उक्त वस्तु विस्फोट हुँदा रेशमसहित पाँच जना घाइते भएका थिए। वीरगन्जमा उपचाररत घाइते मध्येका भारत घर भएका राकेश जैसवालको पनि उपचारका क्रममा मृत्यु भएको बारा प्रहरीका सूचना अधिकारी डीएसपी दधिराम न्यौपानेले जानकारी दिए।

घाइते मध्ये २ जनाको अवस्था गम्भीर रहेको र अन्य दुईको अवस्था सामान्य रहेको न्यौपानेले बताए। उनका अनुसार वर्कसपमा विष्फोटक पदार्थ कहाँबाट आयो भन्ने अनुसन्धान भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर