Aamsanchar

धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको प्राधिकरणकाे निष्कर्ष, हर्क साम्पाङकाे भने आपत्ति

Author Image
मङ्गलवार, फागुन १५, २०८०

झापा – नेपाल नागरिक उड्डयन प्राधिकरणले सुनसरीको धरानमा विमानस्थल बनाउन उपयुक्त नदेखिएको निष्कर्ष निकालेको छ । प्राधिकरणले सूचना निकालेर धरानमा विमानस्थल उपयुक्त नरहेको जानकारी गराएको हो ।

प्राधिकरणको सूचनामा तराई तथा भित्री मधेसमा विमानस्थल निर्माण गर्दा नजिकको अर्को विमानस्थलबाट कम्तीमा ४० नटिकल माइल हुनुपर्ने नीतिगत व्यवस्था विपरीत हुने भएकोले धरानमा विमानस्थल उपयुक्त नहुने उल्लेख छ । यस्तै भौगोलिक अवस्थितिका कारण ‘वान वे अप्रोच’ हुने, सडक यातायातको सहज उपलब्धताका कारण हवाई यातायातको दीर्घकालीन, नियमित र व्यावसायिक सम्भावना नरहेको लगायतका कारण धरानमा विमानस्थल आवश्यक नरहेको निष्कर्षमा पुगेको प्राधिकरणले जनाएको छ ।

यसअघि धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले धरानमा विमानस्थल बनाउन दबाब दिएपछि प्राधिकरणले समिति बनाएर धरानमा विमानस्थल आवश्यक रहेरनरहेकोबारे अध्ययन गरेको थियो । प्राधिकरणको यो निर्णयप्रति भने मेयर साम्पाङले आपत्ति जनाउनुभएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 57

प्रतिक्रिया (०)

सम्बन्धित खबर