Aamsanchar

विद्युत् प्राधिकरणले छ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमायाे

Author Image
बुधवार, फागुन १६, २०८०

काठमाण्डौ – नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष (आव) २०८०/८१ को पहिलो छ महिनामा १५ अर्ब ३६ करोड रुपैयाँ नाफा कमाएको छ ।

प्राधिकरणको चालु आवको छ महिनाको वित्तीय विवरण (अपरिष्कृत) अनुसार यस अवधिमा बिजुली बिक्री, ब्याज तथा अन्य आम्दानीबाट ६७ अर्ब २८ करोड ७७ लाख रुपैयाँ आम्दानी गरेको छ । बिजुली खरिद, प्रशासनिक, आयोजनाहरूलगायतमा ५१ अर्ब ९२ करोड ७१ लाख रुपैयाँ खर्च भएको छ । प्राधिकरणको मुख्य आम्दानी र खर्च क्रमशः बिजुली बिक्री र खरिद तथा आयोजनाहरूमा हुने गरेको छ ।

प्राधिकरणले समीक्षा अवधिमा १५ अर्ब ३६ करोड छ लाख रुपैयाँ नाफा (करकट्टी गर्नुअघि) आर्जन गरेको छ । गएको आर्थिक वर्ष २०७९र८० को यही अवधिमा प्राधिकरणको नाफा १० अर्ब ९१ करोड ६० लाख रुपैयाँ थियो ।

गएको आवको पहिलो छ महिनाको तुलनामा प्राधिकरणको नाफा चालु आवको यही अवधिमा चार अर्ब ४४ करोड ४६ लाख रुपैयाँले बढी हो । गएको आवको नाफा १२ अर्ब ३३ करोड रुपैयाँ थियो । आव २०७२र७३ मा आठ अर्ब ८९ करोड रुपैयाँ वार्षिक घाटामा रहेको प्राधिकरण त्यसपछिका वर्षहरूदेखि निरन्तर नाफामा छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले बिजुली चुहावट नियन्त्रण, आन्तरिकरूपमा तथा भारतर्फको बिजुली निर्यात बढ्दा आम्दानीमा भएको वृद्धि, खर्च नियन्त्रणलगायतले गर्दा चालु आवको पहिलो छ महिनामा उल्लेख्य नाफा कमाउन सफल भएको बताउनुभयो ।

‘बजेट सीमितताका कारण सरकारबाट लगानीका लागि पर्याप्त रकम पाउन सकिरहेका छैनौँ, यस्तो जटिल अवस्थामा संस्थाले कमाएको नाफाबाट बिजुली उत्पादन, प्रसारण र वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरण, विद्युतीकरणतर्फका आयोजनाहरूमा हरेक वर्ष अर्बौँ रुपैयाँ लगानी गरिरहेका छौँ’,कार्यकारी निर्देशक घिसिङले भन्नुभयो, ‘बिजुलीमा आत्मनिर्भर बन्न, आन्तरिकरूपमा खपत बढाउन र उपभोक्तालाई गुणस्तरीय र भरपर्दो बिजुली उपलब्ध गराउन उत्पादन, प्रसारण र वितरणतर्फका आयोजनाहरूमा आउँदो वर्षहरूमा १०र१२ खर्ब रुपैयाँभन्दा बढीको लगानी आवश्यक पर्छ, नगद प्रवाहका लागि संस्थाको नाफाले मात्र पुग्दैन ।’

प्राधिकरणले चालु आवको छ महिनामा बिजुली बिक्रीबाट ४५ अर्ब ४९ करोड ३८ लाख रुपैयाँ सङ्कलन गरेको छ । यस अवधिमा देशभित्रका ऊर्जा उत्पादकहरूबाट र भारतबाट आयात गरी ३० अर्ब ४८ करोड ५८ लाख रुपैयाँको बिजुली खरिद गरेको छ । प्राधिकरणका सहायक तथा सम्बद्ध कम्पनीहरूबाट २८ अर्ब ४९ करोड ९६ लाख र भारतबाट एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली आयात भएको हो । समीक्षा अवधिमा नेपाल सरकारमार्फत विनियोजन गरिएको वैदेशिकतर्फ नौ अर्ब तीन करोड ८४ लाख रुपैयाँ खर्च भएको छ ।

१३ अर्बको बिजुली निर्यात, दुई अर्बको आयात

नेपाल विद्युत् प्राधिकरणको चालु आवको पहिलो छ महिनामा १३ अर्ब ३८ करोड ५६ लाख रुपैयाँको बिजुली भारततर्फ निर्यात गरेको छ । यही अवधिमा एक अर्ब ९८ करोड ६२ लाख रुपैयाँको बिजुली आयात भएको छ । प्राधिकरणले देशभित्र खपत गरी बचत भएको वर्षायामको बिजुली भारततर्फ निर्यात गर्दै आएको छ ।

प्रााधिकरणले ´आईएक्सु को डे–अहेड बजारमा प्रतिस्पर्धामार्फत र मध्यकालीन विद्युत् सम्झौताबमोजिम भारतीय कम्पनी एनटीपीसी विद्युत् व्यापार निगम लि– `एनभीभीएनु लाई बिक्री गरिरहेको छ । एनभीभीएनले त्यो बिजुली हरियाणा राज्यमा बिक्री गरिरहेको छ ।

समीक्षा अवधिमा प्राधिकरणले एक अर्ब ४७ करोड ६४ लाख युनिट बिजुली निर्यात गरेको छ । सुक्खायाम शुरु भएसँगै नदी तथा खोलानालामा पानीको बहाव घटेर जलविद्युत् आयोजनाहरूको बिजुली उत्पादन घटेपछि अहिले देशभित्रको आन्तरिक माग धान्न भारतबाट बिजुली आयात भइरहेको छ ।

समीक्षा अवधिमा २२ करोड पाँच लाख युनिट बिजुली आयात भएको छ । वर्षायाम शुरु भएसँग फेरि बिजुली निर्यात सुरु हुने छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर
सुनचाँदीको मूल्य
शुक्रवार, साउन ४, २०८१
सुनको मूल्य आज
बिहिवार, साउन ३, २०८१