Aamsanchar

मकवानपुरमा विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’

Author Image
बिहिवार, फागुन १७, २०८०

काठमाडौं –मकवानपुरको मनहरी गाउँपालिका–६, रुपाचुरीस्थित एक विवाहमा गएका युवाबीच ‘ग्याङ फाइट’ भएको छ । बुधबार राति दुई पक्षबीच कुटपिट हुँदा विवाहका गएका दुई युवक घाइते भएका छन् । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

मनहरी गाउँपालिकाकै उज्वल थिङ र रोनिस लामा घाइते भएका जिल्ला प्रहरी कार्यालय मकवानपुरका डीएसपी लक्ष्मी भण्डारीले जानकारी दिइन् ।

थिङको अवस्था गम्भीर छ । उपचारका निम्ति उनलाई चितवनको भरतपुर मेडिकल कलेजमा पठाइएको प्रहरीले जनाएको छ ।

रुपाचुरीका सरोज प्रजाको विवाहमा गएका युवाबीच झगडा भएको थियो । रुपाचुरीकै इमान घलान, मनिक घलानसहितको युवाको समूहले उनीहरूमाथि कुटपिट गरेका थिए । कुटपिटमा संलग्न दुईजनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 170

प्रतिक्रिया (०)

सम्बन्धित खबर