Aamsanchar

भैंसीसहित किसानको प्रदर्शन

Author Image
बिहिवार, फागुन १७, २०८०

मकवानपुर – दूधको भुक्तानी माग गर्दै देशैभरका दुग्ध उत्पादक किसानले केही दिनदेखि आन्दोलन गरिरहेका छन् । आज मकवानपुर र भक्तपुरका दुग्ध किसान प्रदर्शनमा उत्रिएका छन् ।

मकवानपुरका किसानहरुले ५० करोड रुपैयाँ भुक्तानी नपाएकाले आन्दोलनमा उत्रिनु परेको बताएका छन् । उनीहरुले आज मुख्य राजमार्गमा शान्तिपूर्वक पैदलयात्रा गरेर भुक्तानी माग गरेका छन् ।

यता, भक्तपुरका किसानले आजै जगाती चोकमा भैंसीसहित प्रदर्शन गरेका छन् ।

दूधको अनुदान कायम गर्नुपर्ने, किसानको बाँकी रकम भुक्तानी पाउनुपर्ने तथा मिल्क होली डे अन्त्य हुनुपर्ने उनीहरुको माग छ

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 83

प्रतिक्रिया (०)

सम्बन्धित खबर