Aamsanchar

दुर्गापुर स्थित फक्तालुङ्गमा क्याम्प फायरिङ्

Author Image
शनिवार, फागुन १९, २०८०

कनकाई । झापाको कनकाई नगरपालिका ७ दुर्गापुर स्थित फक्तालुङ्ग अङ्ग्रेजी माध्यमिक विद्यालयमा स्काउटको वान नाइट क्याम्प फायरिङ् सम्पन्न भएको छ ।

विद्यालयले आयोजना गरेको क्याम्प फायरिङ् कार्यक्रमलाई कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख आशा शर्मा शिवाकोटीले शुक्रबार साँझ उद्घाटन गर्नुभएको हो ।

बिद्यालयमा क्याम्प फायरिङ पुर्व स्काउट दलको मेमोरी रेस , विना भाडा खाना पकाउने , वाटर ब्यालेन्सिङ्ग , नटिङ्ग जस्ता विधामा प्रतियोगिता सञ्चालन गरिएको थियो । त्यस्तै  विद्यार्थीहरू मङ्की कर्लिङ्ग , टच द तार्गेट , टायर टनल , टार्जन जम्प , कर्लिङ्ग , बिम ब्याङ्मिङ्ग , ब्यालेन्सिङ्ग वक जस्ता कृयाकलापमा सहभागी भएका थिए । त्यसै गरि साझमा क्याम फायरिङ् सगै नृय प्रतियोगिता गरिनुका साथै विभिन्न अप्रतिय‍ोगी सास्कृतिक कार्यक्रम गरिएको बिद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले जानकारी दिनुभयो ।

कार्यक्रममा शुभकामना मन्तव्य राख्दै कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उपप्रमुख तथा नगर स्काउट प्रमुख शिवाकोटीले स्काउटले एउटा व्यक्ति पूर्ण हुन अनुशासन , गतिशीलता र निरन्तरता आवश्यक रहने र त्यो स्काउटले दिने बताउनु भयो । त्यस्तै हाल कनकाईमा निजी विद्यालयहरूमा क्याम्प फायरिङ् सहितको कार्यक्रम भइरहेको तर सामुदायिक विद्यालयमा स्काउट रहेतापनि क्याम्प फायरिङ् सहितको कार्यक्रम नभएको हुँदा सामुदायिक विद्यालयमा पनि यश किसिमको कार्यक्रम गर्न पर्ने बताउनु भयो ।

जनकल्याण समाज दुर्गापुरका अध्यक्ष लिला बहादुर कन्दङ्वाले शुभकामना मन्तव्य राख्नुभएको कार्यक्रममा कनकाई वडा नं। ७ का वडा अध्यक्ष भीष्म भूषण सिटौला , नेपाल स्काउट राष्ट्रिय परिषद सदस्य तथा राष्ट्रिय प्रशिक्षक अरुण बस्नेत , नेपाल स्काउट कोशी प्रदेश परिषद सदस्य तथा सहायक राष्ट्रिय प्रशिक्षक द्वय नारायण श्रेष्ठ र शिवानी देवान , स्काउट संगीता लिम्बू , सृजना लिम्बू , सुमित लिम्बू , मोहन तिम्सिना , रोभर उज्ज्वल प्याकुरेल , साकार खड्का , गौरव झा , यमनाथ श्रेष्ठ , हिमाल कट्टेल , शिशिर भट्टराई , रेन्जर विकिसा कडेल , इलाका प्रहरी कार्यालय सुरुङ्गाका प्रमुख प्रविण भट्टराई , दुर्गापुर बजार व्यवस्थापन समिति अध्यक्ष धनपाल कन्दङ्वा , विभिन्न संघ संस्थाका प्रमुख तथा प्रतिनिधि ,कनकाईका निजी विद्यालयका प्रिन्सिपलहरू , विद्यालयका विद्यार्थी साथै अभिभावकहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दुर्गा नेम्वाङको अध्यक्षतामा भएको कार्यक्रममा उपस्थिति सबैलाई स्वागत विद्यालयका प्रिन्सिपल ओमविक्रम नेम्वाङले गर्नुभएको थियो भने सञ्चालन विद्यालयका सहायक प्रिन्सिपल लक्ष्मी अधिकारी र विद्यार्थी रिजन तिम्सिनाले गर्नुभएको थियो । फक्तालुङले विद्यार्थीहरूलाई समय समयमा ध्यान, नृत्य, गायन, चित्रकला, खेलकुदलगायतका अतिरिक्त क्रियाकलापहरू पनि  गराउँदै आएको प्रधानाध्यापक नेम्वाङले जानकारी दिनुभयो ।
१४ वर्ष अघि  थोरै विद्यार्थी बाट अध्यापन शुरु गरेको विद्यालयमा हाल ५ सय  बढी  विद्यार्थी ३० बढी शिक्षक शिक्षिका  अन्य कर्मचारीहरूका साथमा शिक्षण सिकाइ गरिरहेको विद्यालयका प्रिन्सिपल नेम्वाङले जानकारी दिनुभयो ।

विद्यालयमा अतिरिक्त क्रियाकलाप अन्तर्गत विभिन्न समयमा विद्यालय स्तरीय भएका प्रतियोगिताहरूमा दर्जनभन्दा धेरै  प्रथम स्थान हासिल गर्न सफल भएको विद्यालयका सहायक प्रिन्सिपल अधिकारीले बताउनुभयो ।
अबको शिक्षा व्यावहारिक, सीपमुलक र आयआर्जनमूलक हुनुपर्ने भएकाले यस प्रकारको शिक्षण सिकाइ क्रियाकलाप हुने वातावरण विद्यालय, शिक्षक र अभिभावकले सिर्जना गर्नुपर्ने विद्यालयका  प्रिन्सिपल नेम्वाङले बताउनुभयो ।
विशेष गरेर  विद्यालयले पढाई सँगसँगै बाहिरी ज्ञानलाई पनि उतिकै प्राथमिकतामा दिदै आएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 218

प्रतिक्रिया (०)