Aamsanchar

नौलो होटलको पहिलो तलाबाट खसेर एक जनाकाे ज्यान गयाे

Author Image
आइतवार, फागुन २०, २०८०

वीरेन्द्रनगर- सुर्खेतमा होटलको छतबाट खसेर एक जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा दैलेखको नौमुले गाउँपालिका–८, का ५१ वर्षीय दीपबहादुर चन्द हुन्।

सुर्खेतको वीरेन्द्रनगर नगरपालिका-६ स्थित गोदाम लाइनमा रहेको नौलो होटलको पहिलो तलाबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रमुख रुपेश खड्काले होटलको छतबाट खसेर चन्दको मृत्यु भएको घटना प्रहरीलाई आइतबार बिहान ८:३० बजे जानकारी प्राप्त भएको थियो। अहिले मृतक चन्दको शव पोष्टमार्टमका लागि प्रदेश अस्पताल कालागाउँ लगिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 66

प्रतिक्रिया (०)

सम्बन्धित खबर