Aamsanchar

बिर्तामोड एजुकेशनको पाँचौं शाखा धुलाबारीमा

Author Image
बिहिवार, फागुन २४, २०८०

धुलाबारी । वैदेशिक शिक्षा आर्जन गर्न जानेहरुका लागि शैक्षिक परामर्श प्रदान गर्दै आएको बिर्तामोड एजुकेशन फाउन्डेशनको पाँचौं शाखा विस्तार भएको छ ।
स्थापनाको ७ औं वार्षिकोत्सवको अवसरमा झापाको धुलाबारीमा आज विभिवत नयाँ शाखा विस्तार भएको हो ।

फाउण्डेशनले शाखा उदघाटन कार्यक्रममा इन्डियन आडल सिजन १४ की टप १० मा पर्न सफल गायिका मेनुका पौडेललाई सम्मान गर्दै चौथो शाखाको रुपमा धुलाबारीमा कार्यालय सञ्चालन गरेको हो ।
फाउण्डेशनका अध्यक्ष राज कार्कीको अध्यक्षतामा भएको कार्यक्रममा शाखाको उद्घाटन मेचीनगरका नगर प्रमुख तथा कार्यक्रमका प्रमुख अतिथि गोपालचन्द्र बुढाथोकीले गरेका हुन् । स्वागत धुलाबारी शाखा प्रमुख भोगेन्द्रप्रसाद न्यौपाने (भुवन) ले गरेको कार्यक्रमको सञ्चालन फाउण्डेशनका कर्मचारी केशव अधिकारीले गरेका थिए ।

सोही कार्यक्रमका बीच संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत गाायिका पौडेललाई नगद ३० हजारसहित सम्मान पत्रले सम्मान गरिएको थियो । उक्त कार्यक्रममा गायिका पौडेलले आफ्ना गितहरु प्रस्तुुत गरेर मनोरञ्जनसमेत प्रदान गरेकी थिइन् ।

कार्यक्रममा प्रमुख अतिथि बुढाथोकी, इष्ट होराइजन बिद्यालयका प्रिन्सिपल सञ्जिव राई, उद्योग वाणिज्य संघ मेचीनगरका अध्यक्ष ख्याम प्रसाई, इक्यान झापाका अध्यक्ष रोशन सुवेदी, संस्थापक अध्यक्ष सुमन शर्मा जम्मरकट्टेल, निर्वतमान अध्यक्ष मिलन ओली लगायतले शुभकामनाा मन्तब्य राखेका थिए ।

बिर्तामोड एजुकेशन फाउण्डेशनले जापानसहितका विभिन्न देशहरुमा अध्ययनका लागि जाने विद्यार्थीका लागि शैक्षिक परामर्श दिदैं आएको छ । फाउण्डेशनले हरेक वर्षको मार्च ७ तारिखका दिन आफ्नो स्थापना दिवस विभिन्न कार्यक्रम गरेर मनाउदैं आएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 213

प्रतिक्रिया (०)