Aamsanchar

महाशिवरात्रिको जात्राका क्रममा करेन्ट लाग्दा १५ बालबालिका घाइते

Author Image
शुक्रवार, फागुन २५, २०८०

जयपुर- भारतको राजस्थानको कोटामा महाशिवरात्रिको जात्राका क्रममा १५ बालबालिका घाइते भएका छन्। विद्युत्‌को करेन्ट लाग्दा उनीहरू घाइते भएका हुन्।

घाइते सबै बालबालिकालाई कोटाको एमबीएस अस्पतालमा उपचार भइरहेको छ। कोटाको सकतपुरा काली बस्तीमा यो दुर्घटना भएको हो। महाशिवरात्रिका अवसरमा जात्रा निकालिएको थियो।

अग्ला झण्डा बोकेर जात्रामा बालबालिका सहभागी थिए। बाटोमा केही बालबालिकाको झण्डा सडकमा झुण्डिएको बिजुलीको तारसँग सम्पर्कमा आएपछि करेन्ट लागेको थियो। यो जात्रा रामदेव मन्दिरदेखि हनुमान मन्दिरसम्म जाँदै थियो।

दुर्घटनामा ९ देखि १६ वर्षसम्मका बालबालिका घाइते भएका छन्। दुर्घटनालगत्तै घटनास्थलमा हल्लाखल्ला मच्चिएको र स्थानीय बासिन्दाले बच्चा बोकेर अस्पताल लगेका थिए। घाइते बालबालिकाका आफन्त घटनाको जानकारी पाएलगत्तै अस्पताल पुगेका थिए र त्यहाँ पुगेर आयोजकलाई कुटपिट गरेका थिए।

प्रदेश आईजी रविदत्त गौरले एक बालक ७० प्रतिशत र अर्को बालक ५० प्रतिशत जलेको बताए। बाँकी बालबालिका १० प्रतिशत जलेका छन्।

प्रदेशका ऊर्जामन्त्री हीरालाल नागरले अस्पताल पुगेर घटनाको अनुसन्धान गर्न निर्देशन दिएका छन्। दुर्घटनाको जानकारी पाएलगत्तै लोकसभा अध्यक्ष ओम बिडला पनि अस्पताल पुगेका छन्।

घटनास्थलमा प्रहरी परिचालन गरिएको छ। अस्पतालमा भीड जम्मा भइरहेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 60

प्रतिक्रिया (०)

सम्बन्धित खबर