Aamsanchar

तेलकानी पोखरी समितिलाई अरिदमन गणद्वारा राधाकृष्ण मन्दिर,सत्संग भवन र शौचालय हस्तान्तरण

Author Image
शनिवार, फागुन २६, २०८०

बिर्तामोड । झापाको चारआली स्थित नेपाली सेनाको अरिदमन गणद्वारा राधाकृष्ण मन्दिर, सत्संग भवन र शौचालय निर्माण गरि समुदायलाई हस्तान्तरण गरेको छ ।
बिर्तामोड नगरपालिका वडा नम्बर १० तेलकानी पोखरी डिलमा आज अरिदन गणको तर्फबाट आज ( शनिवार ) राधाकृष्ण मन्दिर र सत्ससंग भवनको स्तरोन्नति साथै अन्य मर्मत सम्भार लगायत पोखरी परिसरमा सार्वजनिक दुई कोठे शौचालय समुदायलाई हस्तान्तरण गरिएको हो ।

नेपाली सेनाको शिघ्र प्रभाव योजना (क्युआइपिएस) कार्यक्रम अन्तरगत प्राप्त बजेटलाई पूर्वी पृतनापति उपरथी आशबहादुर तामाङ (पि।एच,डि) को परिकल्पना श्री नं। २१ बाहिनी अड्डाको पहलमा श्री अरिदमन गणका सकलदर्जाको श्रमदान मार्फत उक्त भौतिक संरचनाहरूको स्तरोन्नति तथा निर्माण गरिएको बताईएको छ ।

सैनिक–नागरिक सम्बन्ध सुदृढ गर्न र जनमानसको आवश्यकतामा प्रत्यक्ष सहयोग गर्न सञ्चालन भएको यस किसिमका आयोजनाबाट आम सर्वसाधारण जनतामा नेपाली सेना प्रति सकारात्मक सोच तथा सहकार्य गरि कार्य गर्ने भावनाको विकासमा थप टेवा पुर्याउने विश्वास रहेको र आगामी दिनहरूमा  समेत स्थानीयहरुको आवश्यकतालाई मध्य नजर राखी हेलिप्याड निर्माण, स्कुल÷क्याम्पसको जिर्णोद्धार, मन्दिर तथा ऐतिहासिक महत्वका स्थानहरूको मर्मत संहार जस्ता कार्यलाई निरन्तरता दिने श्री नं। २१ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी धनबहादुर थापाले बताए ।

विशेष औपचारिक कार्यक्रम आयोजना गरेर अरिदम गणले तेलकानी पोखरी संरक्षण समितिलाई सार्वजनिक महत्वको भौतिक पूर्वाधारहरू हस्तान्तरण गरेको छ ।

उक्त कार्यक्रममा बिर्तामोड नगरपालिकाका उपप्रमुख नगेन्द्र संग्रौला, वडा नम्बर १० का वडा अध्यक्ष दूर्योधन गुरुङ, तेलगानी पोखरी संरक्षण समितिका अध्यक्ष तथा पदाधिकारीहरु, स्थानीयबासी, बुद्धिजीवी, समाजसेवीको उपस्थिति रहेको थियो ।

सोही अवसरमा बाहिनीपति थापाले यस किसिमका कार्यहरुले ऐतिहासिक महत्वका स्थलहरुको जगेर्ना हुने, आम जनचासोका पवित्र स्थलहरुको महत्व बढ्दै जाने र यस किसिमका सहकार्यले नागरिक–सैनिक सम्बन्ध अझ प्रगाढ बन्दै जाने विश्वास व्यक्त गरे ।
आगामी दिनहरुमा पनि स्थानीयहरुको आवश्यकतालाई मध्यनजरमा राखी कार्यगत एकता गर्दै अगाडि बढ्ने बताए । उक्त कार्यक्रमको स्वागत मन्तव्य अरिदमन गणका गणपति प्रमुख सेनानी प्राजु बस्न्यातले गरेका थिए ।

कार्यक्रमको दौरानमा नगरपालिकाका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौला, वडा अध्यक्ष दूर्योधन गुरुङ र पोखरी संरक्षण समितिका अध्यक्ष महेन्द्र शिवाकोटीले समेत आआफ्नो मन्तव्य राखेका थिए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
1
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर