![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240310_131544283.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
काठमाण्डौ – पाकिस्तानको राष्ट्रपतिमा सत्तारुढ गठबन्धनका उम्मेदवार आसिफ अली जरदारी विजयी हुनुभएको छ । पाकिस्तानको निर्वाचन आयोगका अनुसार जरदारीले संसद् र चार प्रान्तीय सभालगायत सबै निर्वाचक मण्डलबाट ४ सय ११ मत ल्याएर विजयी हुनुभएको चिनियाँ समाचार संस्था सिन्ह्वाले जनाएको छ ।
जरदारीले सिनेट र नेसनल एसेम्बलीलगायत संसद्को दुई सदनको संयुक्त सत्रमा २ सय ५५ मत प्राप्त गर्नुभएको छ । पूर्वी पञ्जाब प्रान्तबाट ४३ मत, उत्तरपश्चिम खैबर पख्तुनख्वा प्रान्तबाट ८ मत, दक्षिणपश्चिम बलुचिस्तान प्रान्तबाट ४७ मत र दक्षिणी सिन्ध प्रान्तबाट ५८ मत प्राप्त गर्नुभएको हो ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
जरदारीका प्रतिस्पर्धी विपक्षी दलको संयुक्त गठबन्धनका उम्मेदवार महमुद खान अचकजाईले कुल १ सय ८१ मत प्राप्त गर्नुभयो । निवर्तमान राष्ट्रपति आरिफ अल्वी अस्ति शुक्रवार बिदाइ हुनुभएको हो ।
६८ वर्षीय जरदारी सन् २००८ देखि २०१३ सम्म ११ औँ राष्ट्रपति हुनुभएको थियो । जरदारी राष्ट्रपतिमा पदमा दोस्रो पटक निर्वाचित हुनुभयो । गएको फेब्रुअरीमा भएको आम चुनावमा उहाँ राष्ट्रिय सभा सदस्य निर्वाचित हुनुभएको थियो । राष्ट्रपतिमा विजयी भएसँगै उहाँले राष्ट्रिय सभाबाट राजीनामा दिनुपर्नेछ ।