Aamsanchar

एक प्रेमीले आफ्नी प्रमिकालाई ट्रेनको लिकमा धकेलिदिए पछि….

Author Image
सोमवार, फागुन २८, २०८०

काठमाडौं – अमेरिकामा एक प्रेमीले आफ्नी प्रमिकालाई ट्रेनको लिकमा धकेलिदिएका छन्। ट्रेनले किच्दा ती महिलाको दुवै खुट्टा काटिएका छन्।

गत शनिबार न्युयोर्कको ट्रेनको लिकमा धेकेलेको अभियोगमा प्रहरीले ३५ वर्षीय क्रिश्चियन वाल्डेजलाई पक्राउ गरेको छ। वाल्डेजविरुद्ध हत्याको प्रयास र हमलाको अभियोग लगाइएको छ।

न्यूयोर्कको म्यानहट्नमा फुल्टन स्ट्रीट स्टेशनमा वाल्डेजले लिकमा धकेलेका हुन्। महिला र उनको प्रेमीले ट्रेन स्टेशनमै झगडा गरिरहेका थिए। विवाद बढ्पछि प्रेमीले प्रेमिकालाई ट्र्याकमा धकेलेको जनाइएको छ।

उनलाई फुल्टन स्ट्रिट स्टेशनको दक्षिणतर्फको ट्र्याकमा धकेल्दा ३ नम्बर ट्रेन नजिकै आइपुगेको थियो। त्यसपछि महिलालाई ट्रेनले ठक्कर दिएको थियो ।

महिलालाई गम्भीर अवस्थामा बेल्लेभ्यू अस्पताल लगिएको थियो। ट्रेनको ठक्करका कारण महिलाले आफ्ना दुवै खुट्टा गुमाएको अस्पातलले पुष्टि गरेको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 71

प्रतिक्रिया (०)

सम्बन्धित खबर