Aamsanchar

प्राविधिक टोलीद्वारा आगलागीबाट क्षति भएको कर्णाली पुलको प्रारम्भिक अध्ययन

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाण्डौ – आगलागीबाट क्षति भएको कर्णाली पुलको प्राविधिक टोलीले अवलोकन तथा प्रारम्भिक परीक्षण शुरु गरेको छ । सडक डिभिजन कार्यालय नेपालगञ्ज र पुल महाशाखा काठमाण्डौको सात सदस्यीय प्राविधिक टोलीले प्रारम्भिक अध्ययन थालेको हो ।

पुलमा आगलागी भएर क्षति भएको जानकारी प्राप्त भएपछि प्रारम्भिक अध्ययन थालिएको पुल महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर कृष्णराज अधिकारीले बताउनुभयो । उहाँले क्षतिका साथै पुलको मर्मत सम्भारबारे पनि अध्ययन भैरहेको जानकारी दिनुभयो ।

प्रारम्भिक विवरण आएपछि विज्ञलगायतसँग छलफल र सल्लाह गरी पुलको अवस्था, पुलको क्षतिको विवरण, मर्मत सम्भार गर्नुपर्ने वा थप के गर्ने भन्नेबारे निर्क्यौल हुने पनि उहाँले बताउनुभयो । ना ५ ख ५२९७ नम्बरको ट्रकमा अस्ति सोमवार एक्कासी आगलागी हुँदा कर्णाली पुलका १४ वटा डोरीमा आंशिक क्षति पुगेको थियो ।

सन् १९९३ मा कर्णाली पुल निर्माण गरिएको हो । पुलको तत्कालीन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले २०५० मङ्सिर २८ गते उद्घाटन गर्नुभएको थियो । गुडिरहेको ट्रकमा लागेको आगोबाट क्षति पुगेपछि कर्णाली पुलमा अहिले गाडी चलाउन बन्द गरिएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 63

प्रतिक्रिया (०)

सम्बन्धित खबर