Aamsanchar

जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन सकिँदैन : शर्मा

Author Image
बुधवार, फागुन ३०, २०८०

काठमाडौं। नेपाली कांग्रेसबाट प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नसकिने निष्कर्ष सार्वजनिक भएको छ ।  बुधबार प्रतिनिधिसभा बैठकमा प्रधानमन्त्री प्रचण्डले आफूलाई विश्वासको मत दिन प्रस्ताव गरेका छन् ।

सोही क्रममा बैठकलाई सम्बोधन गरेका कांग्रेस महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले निर्वाचनका बेला जनतासँग गरेको बाचा तोडेर नयाँ गठबन्धन बनाउने प्रधानमन्त्रीलाई विश्वासको मत दिन नसक्ने बताएका हुन् ।

निर्वाचनका बेला पाँच वर्ष कांग्रेससहितको गठबन्धनले सरकार बनाएर देश र जनताका लागि काम गर्ने बताइए पनि प्रधानमन्त्री प्रचण्डले पुरानो गठबन्धन तोडेर कांग्रेसबाहेक र एमालेसहितको गठबन्धन बनाएर सत्ता समीकरण परिवर्तन गरिएको छ ।

जनतालाई दिएको विश्वास तोडेर प्रधानमन्त्री प्रचण्डले दलबीच मन्त्रिपरिषद् पुनर्गठन गरेर विश्वासको मत पाए पनि जनताको विश्वास जित्न नसक्ने भन्दै शर्माले जनताको विश्वास जित्नुपर्ने बताए ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 46

प्रतिक्रिया (०)

सम्बन्धित खबर