Aamsanchar

उदयपुर दुर्घटनामा मृत्यु हुनेको संख्या आठ पुग्यो, सबैको सनाखत भयो, नौ जना घाईते

Author Image
बिहिवार, चैत १, २०८०

फोटो श्रोत: चितवन आज

उदयपुर । उदयपुरको बेलका नगरपालिका-७ मेनामैनीमा बोलेर दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ भने ९ जना घाईते भएका छन् । सुनसरीको धरानबाट  भोजपुरको घोडेटार तर्फ जाँदै गरेको को १ ज २५९३ नम्बरको बोलेरो आज बिहान ११ बजेको समयमा मैनामैनीमा सडकबाट अन्दाजी ४०० मिटर तल खसेर  दुर्घटना हुँदा बोलेरोमा सवार रहेका चालक हतुवागढी गाउँपालिका-२ का ४२ बर्षीय मान बहादुर बस्नेत, बोलेरोमा सवार हतुवागढी गाउँपालिका-२ की  ७० वर्षीया पर्वतमाया राई, २३ बर्षीय चन्द्र प्रकाश राई, चन्द्र प्रकाश राईको ६ महिनाको छोरा डिसाङ राई, हतुवागढी गाउँपालिका–९ का ६८ बर्षीय पदम बहादुर थापा, हतुवागढी गाउँपालिका-५ की ३० वर्षीया राम कुमारी राई, र सुनसरीको ईटहरीका ४५ बर्षीय कमल अधिकरीको घटनास्थलमा र हतुवागढी गाउँपालिका–५ का ४२ बर्षीय किसान राईको धरानको बि.पि. कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु भएको हो । 

उक्त दुर्घटनामा परी मोरङको कानेपोखरी गाउँपालिका(५ का ३७ बर्षीय बिशेष पराजुली, आमचोक गाउँपालिका-६ भोजपुरकी २० वर्षीया मिनु राई, सोही स्थानकी ३६ वर्षीया साबित्रा राई, हतुवागढी गाउँपालिका-२ की ३२ वर्षीया शान्ति राई, हतुवागढी गाउँपालिका-१ का १७ वर्षीय सुनिल परियार, सोही स्थानकी १७ वर्षीया सविना परियार, ईटहरी -१७ सुनसरीकी ३४ वर्षीया गायत्री कटुवाल, उनकै ८ वर्षकी छोरी निकिता कटवाल र इटहरी -१७ की २९ वर्षीया रमा थापाको बि.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भइरहेको छ । घटना सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
1
Views: 80

प्रतिक्रिया (०)

सम्बन्धित खबर