Aamsanchar

कविता : माछालाई ग्याष्ट्रिक भएपछि

Author Image
आइतवार, चैत ४, २०८०

हेर ती कलिला मुनाहरु
पहेँलोबाट हरियो फेर्न नपाउँदै
लुटिएका टुनाहरु
कतै बेरिएर, कतै उक्लिएर
उठ्न खोजेका सिरहरु
नबिझिउँदै भत्काइएका सपनाहरु
कहिले भीरको बाटो भएर
त कहिले खहरेको साथ भएर
बाटो नताक्दै भत्काइएका पुलहरु
शुल छाडेर घोपिएका त्रिशुलहरु
जुग जुग जिउँने वाचा कसम
अग्राख नपलाउँदै
पुछिएका सिउँदोहरु
झुटा आश्वासनमा रमाउँदै
पुस्तौँ पुस्ता कटाएका
केटाकेटी मैँ वृद्द भएकाहरु
अब त डराएर होला
सायद अस्तित्व हराएर होला
बसन्त नै नआई फक्रिएका फूलहरु
किन खोच्छौ यस्तो तितो यथार्थ
सङ्ग्लो खोलाको धमिलो बातावरण
सायद अब माछालाई ग्यास्ट्रिक भएर होला
सायद अब माछालाई ग्यास्ट्रिक भएर होला
सायद अब माछालाई ग्यास्ट्रिक भएर होला

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
7
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 25

प्रतिक्रिया (०)

सम्बन्धित खबर