Aamsanchar

हुलाकी राजमार्गमा तीन जना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृ*त्यु

Author Image
सोमवार, चैत ५, २०८०

झापा – झापाको हुलाकी राजमार्गमा तीन जना सवार मोटरसाइकलको ठक्करबाट एक साइकल यात्रीको मृत्यु भएको छ। मोटरसाइकलमा सवार तीनै जना घाइते भएका छन्। मृत्यु हुनेमा गौरीगञ्ज गाउँपालिका–३ का अन्दाजी ४० वर्षीय अकालु माझी रहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ।

गौरीगञ्ज- १ मा गएराति सवा ९ बजेको पश्चिमबाट पूर्वतर्फ आउँदै गरेको मे ४ प ४२२४ नम्बरको मोटरसाइकलले विपरीत दिशातर्फ जाँदै गरेको साइकललाई ठक्कर दिएको थियो। ठक्करबाट साईकल यात्री माझीको टाउको तथा शरीरको विभिन्न भागमा चोट लागेर गम्भीर घाइते भएका थिए। उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लैजाँदै गर्दा बाटैमा मृत्यु भएको थियो।

त्यस्तै मोटरसाइकलमा सवार गौरीगञ्ज-१ बस्ने अन्दाजी ३५ वर्षीय खोदनारायण महतो, सोही ठाउँका अन्दाजी २५ वर्षीय रतनसिंह राजवंशी र अन्दाजी २२ वर्षीय विकास महतो गम्भीर घाइते भएका छन्। घाइते खोदनारायणको बीएण्डसी अस्पताल बिर्तामोड, रतनसिंहको निम्स अस्पताल दमक र विकासको नोबेल अस्पताल विराटनगरमा उपचार भइरहेको प्रहरी कार्यालय झापाले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 4

प्रतिक्रिया (०)

सम्बन्धित खबर