Aamsanchar

अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको चिनियाँ सेनाकाे दाबी

Author Image
सोमवार, चैत ५, २०८०

चिनियाँ सेनाले भारतको अरुणाचल प्रदेश आफ्नो भित्री भाग भएको भन्दै फेरि दाबी गरेको छ । चिनियाँ रक्षा मन्त्रालयका प्रवक्ता वरिष्ठ कर्नेल चाङ सियाओगेङले शिझाङको दक्षिणी भाग चीनको आन्तरिक क्षेत्र रहेको भन्दै भारतले यस क्षेत्रलाई अवैधरूपमा अरुणाचल प्रदेश स्थापित गरेको बताउनुभएको बीबीसी हिन्दीले जनाएको छ ।

उहाँँका अनुसर चीनले यस क्षेत्र अरुणाचल प्रदेश भएको कहिल्यै मान्यता दिएको छैन । अरुणाचल प्रदेशमा सेला सुरुङ निर्माण गरेर भारतीय सेनाले आफ्नो सेनालाई बलियो बनाउने प्रयास गरेपछि चीनको यो बयान आएको हो । चीनले अरुणाचल प्रदेशलाई दक्षिण तिब्बत मानेको छ ।

प्रधानमन्त्री नरेन्द्र मोदीले मार्च ९ मा अरुणाचल प्रदेशको भ्रमण गरी सेला सुरुङमार्गको उद्घाटन गर्नुभएको थियो । यसप्रति पनि चीनले आपत्ति जनाएको थियो । भारतका लागि रणनीतिकरूपमा महत्त्वपूर्ण यो सुरुङमार्गको उद्घाटनपछि चीनले भारतको यो कदमले सीमा विवादलाई थप जटिल बनाउने बताएको थियो ।

त्यति नै बेला भारतीय विदेश मन्त्रालयले प्रधानमन्त्री मोदीको अरुणाचल प्रदेश भ्रमणमा चीनको आपत्तिको जवाफ दिएको थियो । मन्त्रालयले अरुणाचल प्रदेशमा भारतको विकास परियोजनामा चीनको विरोध औचित्यहीन रहेको बताएको थियो ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 47

प्रतिक्रिया (०)

सम्बन्धित खबर