![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240319_090148570.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
जनकपुरधाम – मोस्टवान्टेड सूचीमा रहेका दुई जना भारतीय नागरिकलाई सर्लाही प्रहरीले गोली हानेर पक्राउ गरेको छ । बरहथवा नगरपालिका– ६ मा डेरा गरी बसिरहेका भारत बिहार सीतामढी सैयाराग्राम बस्ने लक्ष्मण सिंहको छोरा वर्ष २८ वर्षीय सन्नीकुमार सिंह र मोतीहारी गंगापिपरा बस्ने अशोक राउतका छोरा २४ वर्षीय जितेन्द्र राउतलाई प्रहरीले पक्राउ गरेको हो ।
उनीहरुको साथबाट ९ एमएम प्रिस्टन एक राउन्ड फायर र म्यागजिन पनि बरामद भएको प्रहरीले जनाएको छ ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
भारतीय प्रहरीको सूचनाको आधारमा पक्राउ गर्न गएराति साढे ८ बजे सर्लाही प्रहरीको टोली पुगेपछि जितेन्द्रले प्रहरीमाथि गोली चलाएका थिए । उनको गोलीबाट एक जना प्रहरी जवान मुस्किलले जोगिएको प्रहरीको दाबी छ ।
प्रहरीका अनुसार उनलाई पक्राउ गरी लैजाने क्रममा बाटोमा भ्यान परिवर्तन गर्ने बेला पनि जितेन्द्र भाग्न खोजेका थिए । त्यसपछि प्रहरीले खुट्टामा गोली हानेर पक्राउ गरेको प्रहरीका एक अधिकृतले बताए । गोली लागेर घाइते जितेन्द्रको उपचार प्रादेशिक अस्पताल मलंगवामा भइरहेको छ । उनका दुबै खुट्टामा गोली लागेको छ ।
घटनाको विषयमा विस्तृत जानकारी दिन प्रहरीले मंगलबार बिहान साढे ९ बजे पत्रकार सम्मेलन गर्दैछ । सर्लाहीका प्रहरी प्रवक्ता डिएसपी दिपेन्द्र पंजियार थारुले पत्रकार सम्मेलनमा विस्तृतमा जानकारी दिने भन्दै अहिले नै यो विषयमा केही भन्न नसकिने बताए ।
प्रहरी स्रोतका अनुसार भारतमा उनीहरु कयौं हत्या, डाँका लगायत अपराध कर्ममा संलग्न छन् ।