![](https://aamsanchar.com/wp-content/uploads/2024/07/449688976_355050200945424_3932588755901431295_n.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/01/Eecohm__New__aa-1.gif)
![](https://aamsanchar.com/wp-content/uploads/2023/11/chapti.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/03/InShot_20240319_164309398.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-18.58.00_078f4d25.jpg)
कपिलवस्तु –कपिलवस्तुको बुद्धभूमि नगरपालिकाले लिएको आधारभूत तह उत्तीर्ण परीक्षा (कक्षा ८)को प्रश्न पत्र आउट भएको छ । आइतबार सञ्चालन भएको गणित विषयको प्रश्नपत्र परीक्षा अगावै लिक भएको सार्वजनिक भएको थियो । नगरपालिकाको वडा नम्बर ९ जनकल्याण माविमा परीक्षा अनुगमनको क्रममा प्रश्नपत्र बाहिरिएको आशङ्का गरिएको थियो । प्रश्न हल भएको हुबहु चिट र कपी भेटिएपछि प्रश्नपत्र बाहिरिएको पुष्टि भएको थियो ।
शनिबार सोही वडाको श्री मावि इमिलियाबाट प्रश्नपत्र आउट गरिएको थियो । विद्यालयबाट दुई जना शिक्षकले खाम बन्दीबाट प्रश्नपत्र निकालेर विद्यार्थीलाई हल गराइएको अनुसन्धानबाट खुलेको नगर शिक्षा समितिका सदस्य रामप्रसाद अर्यालले बताउनु भयो । ती शिक्षकले कोचिङ पढ्दै गरेका विद्यार्थीलाई प्रश्नपत्र उपलब्ध गराएका थिए ।
![](https://aamsanchar.com/wp-content/uploads/2024/07/WhatsApp-Image-2024-07-03-at-15.31.01_499596d9.jpg)
![](https://aamsanchar.com/wp-content/uploads/2023/03/arjundhara.jpg)
सोमबार नगर शिक्षा समितिको बैठक बसी उक्त विषयको परीक्षा रद्द गरिएको नगरपालिकाले सूचना प्रकाशन गरेको छ । रद्द भएको परीक्षा चैत ९ गते गरिने नगरपालिकाका शिक्षा अधिकृत कृष्णप्रसाद भट्टराईले बताउनु भयो । प्रश्नपत्र आउट गर्ने शिक्षकलाई कानुन अनुसार कारबाही गरिने अधिकृत भट्टराईको भनाइ रहेको छ । नगरपालिकाले कक्षा ८ को परीक्षा अलग विद्यालयमा दिने व्यवस्था गरेको छ । विद्यालय बिच प्रतिस्पर्धा गराई नतिजाको मूल्याङ्कन समेत गर्दै आएको छ ।