Aamsanchar

एक एक पाइलाद्वारा ३०औँ पाइला ताप्लेजुङमा सम्पन्न

Author Image
बुधवार, चैत ७, २०८०

ताप्लेजुङ – एक एक पाइलाले आफ्नो ३०औँ पाइला ताप्लेजुङको फक्ताङलुङ्ग गाउँपालिकामा सम्पन्न गरेको छ । तीन दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेर कोसी प्रदेश अन्तर्गत ताप्लेजुङमा ३०औँ पाइला अभियान सम्पन्न गरेको हो ।

एक एक पाइला र फक्ताङ्लुङ्ग गाउँपालिकाबीचको समन्वयमा वृहत् शिविर सञ्चालनमा ल्याइएको थियो । निःशुल्क शिविरमा करिब एक हजार ६ सय जनाले सेवा प्राप्त गरेको डा। सुधांसु केसीले जानकारी दिए ।

उक्त स्वास्थ्य शिविरमा प्रदान गरिएका सेवाहरुमा जेनेरल मेडिसिन , कलेजो रोग सेवा, स्त्री तथा प्रसुतिरोग सेवा, नाक, कान, घाटी रोग सेवा , चर्म तथा छाला रोग सेवा, हाड तथा जोर्नी रोग सेवा, बाल रोग सेवा, आँखा रोग सेवा, दन्त रोग सेवा , इन्डोस्कोपी सेवा, रेडियोलोजि सेवा, प्याथोलोजी सेवा साथै मोतियाबिन्दुको शल्यक्रिया आदि रहेका थिए ।

कान र सामान्य सल्यक्रिया सेवा, फार्मेसी सेवा पनि निशुल्क प्रदान गरिएको थियो । उक्त बृहत् स्वास्थ्य कार्यक्रममा २२ जनाको मोतियाबिन्दु शल्यक्रिया , १८ जनाको कानको शल्यक्रिया ,१९ जनाको सामान्य शल्यक्रिया, ११ वटा इन्डोस्कोपी गरिएको थियो ।

कार्यक्रम समापन समारोहमा गाउँपालिका अध्यक्षलगायतका पदाधिकारीले यस्तो कार्यक्रम इतिहासमै पहिलो पटक भएको बताएका थिए । गाउँपालिका अध्यक्ष राजन लिम्बुले आगामी दिनमा एक एक पाइलासँग सहकार्य जारी राख्ने बताएका थिए ।

२०७२ सालमा गएको भूकम्पपछि स्वयम् सेवक गर्न इच्छुक चिकित्सकहरु र स्वास्थ्यकर्मीहरुको समूहले दुर्गम जिल्लाहरुमा जहाँ विशेषज्ञ स्वास्थ्य सेवाको पहुँचबाट टाढा रहेका व्यक्तिहरुलाई निःशुल्क सेवा प्रदान गर्न एक एक पाइला नामक सामाजिक संस्था बनाएका थिए ।

 

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 37

प्रतिक्रिया (०)

सम्बन्धित खबर