Aamsanchar

काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी

Author Image
बुधवार, चैत ७, २०८०

काठमाडौं – उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले काठमाडौंका ठमेल र दरबारमार्ग क्षेत्र चौबिसैघण्टा खुलाउने तयारी गर्दै मातहतका निकायलाई निर्देशन दिएका छन् ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंले सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी लिनेगरी योजना बनाउन लागेको छ ।

“आन्तरिक तयारी सुरु भइसक्यो । ढिलोमा नयाँ वर्षको वैशाख १० गतेभित्रै खुला हुन्छ,” काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले भने, “सुरक्षाको पूर्ण प्रत्याभूति हुन्छ ।”

ठमेल र दरबारमार्गको अनुभवका आधारमा अन्य पर्यटकीय क्षेत्रलाई पनि क्रमशः २४ सै घण्टा सञ्चालन गर्ने गृह मन्त्रालयको योजना छ। सोहीअनुसार स्थानीय प्रशासनसँग समन्वय भइरहेको उपप्रधान एवं गृहमन्त्रीको सचिवालयले जनाएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 45

प्रतिक्रिया (०)

सम्बन्धित खबर