Aamsanchar

मृतकका परिवारकाे डिएनए नमुना रुस पठाइयाे

Author Image
बिहिवार, चैत ८, २०८०

काठमाडौं – महारागंज शिक्षण अस्पतालमा रुसी सेनामा मृत्यु भएका नेपालीहरुको परिवारहरुले रुसमा मृत्यु भएका आफ्नो परिवारका सदस्यको शवको पुष्टिका लागि डिएनएको नमुना दिएका छन्।

परराष्ट्र मन्त्रालयका अनुसार गत २४ फागुनमा रुसले रुसी सेनामा मृत्यु भएका १५ जना नेपालीको शव पहिचानका लागि नेपालबाट परिवारका सदस्यको डिएनएको नमुना पठाइदिन पत्राचार गरेको थियो।

नेपाल पराराष्ट्र मन्त्रालय कन्सुलर सेवा विभागले दाङका जीतबहादुर पुन मगर र अभिषेक बुढा, नवलपरासीका प्रेमप्रकाश न्यौपाने, बाँकेका चन्द्रबहादुर बिसी, मकवानपुरका विजयबहादुर थोकर र जितेन्द्रबहादुर घिसिङ, प्युठानका सोमेश सुनुवार र विकास राई, मोरङका घनश्याम शाही, अछामका प्रेमबहादुर कठायत, ओखलढुंगाका खोमबहादुर भुजेल, धनुषाका विमलकुमार गजमेर, तेह्रथुमका टीकाबहादुर रानामगर र भीमबहादुर बिसी, खोटाङका क्षितिज बस्नेतको परिवारको डिएनए नमुना पठाइदिन भनेको छ।

कन्सुलर सेवा विभागका महानिर्देशक प्रकाशमणि पौडेलका अनुसार हालसम्म १५ जनामध्ये ८ जनाको नमुना रुस पठाइएको छ।

यो खबर पढेर तपाइलाई कस्तो लाग्यो?
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
+1
0
Views: 92

प्रतिक्रिया (०)

सम्बन्धित खबर